Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रुकुम पूर्वमा प्रहरीको गाडी दुर्घटनामा १ जनाको मृत्यु


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, साउन २८ २०७९
  • 2.4K
    SHARES

काठमाडौं । रुकुम पूर्वमा प्रहरीको गाडी दुर्घटनामा एक प्रहरी जवानको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश डाँगी चढेको गाडी विहान ११ बजे दुर्घटना हुँदा उक्त गाडीमा सवार प्रहरी जवान लक्ष्मण पुन मगरको मृत्यु भएको हो ।

रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका-११ तल्लो सेरा भन्ने ठाउँमा लु १ झ ६६० नम्बरको गाडी दुर्घटना हुँदा घाइते भएका रोल्पाको सुनिल स्मृति गाउँपालिका-२ का पुनको टाउकोमा चोट लागेको थियो । उनको बाँके कोहलपुरको नेपालगञ्ज मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक खडकबहादुर खत्रीले जानकारी दिए ।

दुर्घटनामा रुकुम पूर्वका प्रहरी प्रमुख डीएसपी प्रकाश डाँगी, सशस्त्र प्रहरी नायब उपरीक्षक रवीन्द्र श्रेष्ठ, गाडी चालक प्रहरी हवलदार कुमार सिंह डाँगी, प्रहरी जवान सन्तोष बुढा र प्रहरी जवान इन्द्र घर्ती मगर घाइते भएका छन् ।

प्रहरीका अनुसार शनिबार डीएसपी डाँगी र प्रमुख जिल्ला अधिकारी तुलराम सुनुवार तकसेराको इलाका प्रहरी कार्यालयको निरीक्षणका लागि जाँदै थिए । त्यसै क्रममा डीएसपी डाँगी चढेको गाडी दुर्घटनामा परेको हो ।

स्थानीय निकायका जनप्रतिनिधि, इलाका प्रहरी कार्यालय तकसेराको टोली र स्थानीय वासिन्दाको सहयोगमा उद्दार गरी घाइतेलाई पुथा उत्तरगगा गाउँपालिका-११ डिखिउको हेलिप्याडमा ल्याइएको थियो ।

त्यहाँबाट नेपाली सेनाको हेलिकप्टरले घाइतेलाई उपचारका लागि नेपालगञ्ज लगेको प्रदेश प्रहरी कार्यालय लुम्बिनीका प्रवक्ता खडकबहादुर खत्रीले जानकारी दिए । उनका अनुसार घाइतेहरु खतरामुक्त छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४