Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपालमा कोभिड : २७ दिनमा ३२ जनाको मृत्यु, को छन् बढी जोखिममा ?


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, साउन २८ २०७९
  • 2K
    SHARES

काठमाडौँ । नेपालमा कोरोना संक्रमणको ग्राफ उकालो लाग्दै गएको छ । विगत दुई सातामा कोरोनाभाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या मात्र नभई गम्भीर बिरामी र मृत्यु हुनेहरूको सङ्ख्या पनि बढिरहेको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिडको अवस्थाबारे नियमित प्रकाशित गर्ने विवरणअनुसार साउन १ गतेबाट २७ गतेसम्म ३२ जनाको मृत्यु कोभिडसँग सम्बन्धित कारणले भइसकेको छ । तीमध्ये २६ जना कोरोनाविरुद्धको एक डोज पनि खोप नलगाएका, चारजना दोस्रो डोज लगाएका र दुईजना बुस्टर डोजसमेत लगाएका छन् ।

मृतक सबैजसो दीर्घरोगाी भएको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीको भनाई छ । ‘मृत्यु हुने एक जना २१ वर्षीय छन् । उनी प्रत्यारोपण गराएका व्यक्ति थिए । त्यसैगरी अरु मृत्यु हुने ५० माथिका नै छन्’ उनले भने । खोप नलगाएकालाई कोभिडको उच्च जोखिममा हुने भएकाले खोप नलगाएका सबैलाई खोप लगाउन उनले अनुरोध गरे ।

हाल कोभिड संक्रमितको अस्पताल भर्ना, स्वास्थ्य जटिलता र मृत्युको तथ्यांक हेर्दा खोप नलगाएको पाइएको छ। खोप लगाएको व्यक्तिको तुलनामा खोप नलगाएका व्यक्तिलाई कोभिडको संक्रमण भएमा सिकिस्त बिरामी हुने वा मृत्यु हुने सम्भावना १० गुणा बढी रहने मन्त्रालय बताउँछ ।

हालसम्म कुल जनसंख्याको २ करोड ९१ लाख ९२ हजार ४८० मध्ये ७५.१ प्रतिशतले एक मात्रा र ७०.७ प्रतिशतले पूर्ण मात्राको खोप लगाएका छन् । त्यसैगरी लक्षित जनसंख्या १२ वर्ष माथिका २ करोड ३३ लाख २७ हजार ६१९ मध्ये ९३.९ प्रतिशतले एक मात्रा र ८८.५ प्रतिशतले पूर्ण मात्राको खोप लगाएका छन् ।

बुस्टर मात्राको खोप भने ७४ लाख ११ हजार ८८९ जनाले लगाएका छन् । नेपालले हालसम्म कुल ६ करोड १७ लाख ७६ हजार ७७० मात्रा खोप भित्रिएको छ । खोप अभियान सुरु भएदेखि ४ करोड ९९ लाख ७५ हजार ९२९ खोप मात्रा प्रयोग भइसकेको मन्त्रालयको तथ्यांकमा छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४