Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सञ्जालबाट महिलालाई हैरानी तथा अपमान गर्ने १ जना पक्राउ


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, साउन २६ २०७९
  • 6.9K
    SHARES

काठमाडौँ । सामाजिक सञ्जालमार्फत महिलालाई हैरानी तथा अपमान गरेको अभियोगमा १ पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ललितपुर महालक्ष्मी नगरपालिका ८ बस्ने २४ वर्षीय अमर राजथला रहेको प्रहरीले जनाएको छ । उनी मङ्गलवार पक्राउ परेका हुन् ।

उनले सामाजिक सञ्जालमा नक्कली प्रोफाइलमार्फत महिलालाई साथी बनाई मेसेन्जरमा संवाद गर्ने क्रममा पीडकले अश्लीलता प्रदर्शन गरी सो को स्क्रिन सट लिई सामाजिक सञ्जालमा प्रसारण गरी अपमान बेइज्जत गरी दिन्छु भनी महिलालाई  हैरानी दिएको प्रहरीले जनाएको छ ।

त्यस्तै उनले महिलालाईसमेत अश्लीलता प्रदर्शन गर्न लगाई रेकर्ड राखी सामाजिक सञ्जालमा प्रसारण गर्छु भनी बारम्बार बार्गेनिङ सहित ब्ल्याकमेल गरी आर्थिक लाभ लिन खोजेको र उक्त अभिप्राय पूरा नभएपश्चात् पीडितका आफन्त तथा साथीहरूलाई समेत अश्लीलता प्रदर्शनसँग सम्बन्धित रेकर्ड पठाई महिलालाई मानसिक यातना तथा दुःख हैरानी दिने जस्ता कार्य गरेको पाइएको प्रहरीले जानकारी दिएको छ ।

उनी उपर जिल्ला अदालत काठमाडौँबाट ५ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४