पोखरा । मनाङ, मुस्ताङ जाने सडक बाढी र पहिरोले क्षतविक्षत भएको छ । कतिपय ठाउँमा सवारीसाधन गुड्नै नमिल्ने गरी बिग्रिएको छ भने सडकको धेरैजसो खण्डमा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता भएको छ ।
काभ्रेभिर बेनी-जोमसोम सडक अरू बेला पनि जोखिमयुक्त सडक हो । अहिले निर्माणाधीन रहेकाले पनि थप जोखिम मोल्नुपर्छ यो सडकमा । केही दिन अवरुद्ध रहेको सडक खुलेपनि जोखिम भने कायमै रहेको छ ।
चालकहरूका अनुसार वर्षाका कारण केही ठाउँमा गाडी समेत पास हुनसमेत मुस्किल पर्छ । विशेषगरी काभ्रेभिरलगायत ठाउँमा बढी जोखिम रहेको उनीहरू बताउँछन् ।







