Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बुस्टर डोज : गम्भीर बिरामी र मृत्यु हुनबाट ८५ प्रतिशत सुरक्षा


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, साउन २५ २०७९
  • 2.1K
    SHARES

काठमाडौँ । नेपालमा कोरोना संक्रमणको ग्राफ उकालो लाग्दै गएको छ । विगत दुई सातामा कोरोनाभाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या मात्र नभई गम्भीर बिरामी र मृत्यु हुनेहरूको सङ्ख्या पनि बढिरहेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने कोरोनाबाट हुने गम्भीर बिरामी र मृत्यु कम गर्न खोप तथा बुस्टर मात्रा प्रकाभवकारी देखिएको बताएकाे छ । बुस्टर मात्रा खोपले गम्भीर बिरामी पर्ने वा मृत्यु हुनबाट लगभग ८५ प्रतिशत सुरक्षा प्रदान गर्ने मन्त्रालयको भनाइ छ ।

नेपालमा काभिड-१९ संक्रमणका कारण मृत्यु भएकामध्ये ७५ प्रतिशतभन्दा बढीले कोभिड-१९ विरुद्धको खोप नलगाएको पाइएको छ । मन्त्रालयले कोभिड-१९ विरुद्धको खोप लगाउन आग्रह गर्दैै खोप नलगाउनेलाई उच्च जोखिम रहेको बताएको छ ।

खोप नलगाएकाहरू कोभिडको उच्च जोखिममा रहेकाले तत्काल खोप लगाउन मन्त्रालयले आग्रह गरेको छ । नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गरी आवश्यकता अनुसार कोभिड-१९ विरुद्धको पहिलो, दोस्रो र बुस्टर मात्रा खोप लगाउन मन्त्रालयले भनेको छ ।

कोभिड संक्रमित लगभग ५० प्रतिशत मानिसमा कुनै पनि लक्षण नदेखिने भन्दै मन्त्रालयले भनेको छ, ‘यदि खोप लगाउनुभएको छैन र तपाईंलाई कोभिड-१९ को संक्रमण भयो भने गम्भीर रूपमा बिरामी पर्ने वा मृत्यु हुनसक्ने सम्भावना खोप लगाएका मानिसको तुलनामा १० गुणा बढी हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४