Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सवारी कर बढेपछि आन्दोलनरत व्यवसायी र सरकारबीच वार्ता, के भयो निर्णय ?


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, साउन २३ २०७९
  • 3.2K
    SHARES

पोखरा । गण्डकी प्रदेशको यातायात क्षेत्रमा देखिएका समस्या र पछिल्लो समयमा यातायात व्यवसायीले उठाएका विषयलाई सम्बोधन गर्न गण्डकी सरकारले चासो दिएको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको समन्वयमा भौतिक पूर्वाधार, यातायात व्यवस्था तथा सहरी विकास मन्त्री कुमार खड्का, अर्थमन्त्री रामजीप्रसाद बराल सहित व्यवसायीसँग छलफल गरिएको हो ।

व्यवसायीको तर्फबाट नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रीय अध्यक्ष विजयबहादुर स्वाँर, वरिष्ठ उपाध्यक्ष पुण्यप्रसाद सिटौला, ऐनकुमार साइ, अखिल नेपाल यातायात मजदुर संगठन गण्डकी प्रदेश संयोजक झंकनाथ पौडेल लगायत उपस्थित थिए ।

सरकारले चालू वर्षदेखि यातायात क्षेत्रमा अत्यधिक कर बढाएको छ । उक्त कर फिर्ता लिन माग गर्दै व्यवसायीहरूले चौतर्फी आलोचना र विरोध गरिरहेका छन् । आइतबारदेखि प्रदेशभरी गाडी ठप्प पार्ने निर्णय गरेकोमा सरकारले माग सम्बोधन गर्ने बताएपछि आन्दोलन स्थगित गरिएको थियो । लगत्तै सरकार र व्यवसायीबीच छलफल भएको हो ।

समस्या समाधान गर्नका लागि दुवै पक्षका प्रतिनिधि सम्मिलित समिति गठन गर्ने निर्णय भएको छ । व्यवसायीले नाम पठाउने बित्तिकै समिति गठन हुने पृथ्वी राजमार्ग बस सञ्चालक प्रालीका अध्यक्ष योगेन्द्र केसीले बताए । आफूहरूको माग सम्बोधन नभए पुनः आन्दोलन अघि बढाइने उनको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४