Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

काठमाडौं उपत्यकामा प्राकृतिक सुन्दरता (फोटो फिचर)


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, साउन २१ २०७९
  • 7.6K
    SHARES

काठमाडौं । प्रकृतिसँग रमाउन न कुनै सीमा न कुनै बाँध, रमाउनका लागि न कसैले संवाद गर्छन् न कसैले विवाद, प्रकृतिमा हरेक बेला रमाउन सकिन्छ ।

जीवनको गतिलाई नयाँ तरिकाले फरक प्रवाहमा हिँडाउन कहिलेकाही प्रकृति नै निर्णयक बन्छ ।मनलाई खुशी बनाउन र मन बहलाउनका लागि एकान्तको साथी बनिदिन्छ ।

काठमाडौंको प्रकृति पनि त्योभन्दा फरक छैन । बीच सहरमा भन्दा अलि भित्रि गाउँतिर प्रवेश गरेपछिको काठमाडौंको स्वरुप नै फरक छ ।

अरु बेला धुवाँ र धुलोले हेरिनसक्नु हुने काठमाडौं सिमसिम पानीमा पानीसँगै खेलौंखेलौं लाग्ने बनाउँछ ।

प्रकृतिसँगै रमाउन मन लाग्ने बन्छ । प्रकृतिको छटामा एकटक नियाल्न मन लाग्छ अनि त्यसमै हराउन ।

धापाखेलको हिलाम्मे सडकबाट गन्तव्यतर्फ जाँदै महिलाहरु ।

हाल नेपालमा मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणमा अवस्थित छ । यतिबेला केही स्थानमा अविरल वर्षाका कारण जनजीवन प्रभावित बनिरहेको छ । बाढी,पहिरो र भूक्षयको त्रास पनि त्यत्तिकै छ। प्रकृतिको खेल कतै खुशीयाली त कतै रुवबासी ।

कतै प्रकृतिकै कारण खुशी मिलेको छ त कतै प्रकृतिकै कारण उठिवास भएको छ । यो अवस्थामा एकले अर्काको साथ लिई सबैले प्रकृतिको संरक्षण गर्दै होस्टेमा हैसे मिलाएर सुरक्षित र सतर्कता अपनाई प्रकृतिमा रम्न र रमाउन सक्नुपर्छ ।

अर्कोतिर मनसुनबाट नै मानिसले प्रकृतिको भरपुर मनोरञ्जन लिइरहेका छन् । अन्नबाली उत्पादनको लागि पनि यतिबेला प्रकृतिले पानी वर्षाइदिन्छ ।

साँच्चिकै प्रकृति एउटा रचनाको स्रोत हो । भएका फोहोरलाई पन्छाएर अघि बढ्नसके प्रकृतिले पनि हामी मानवलाई त्यत्तिकै प्रेम गर्नेछ ।

तस्वीर सौजन्य : न्युज एजेन्सी नेपाल

टुडिखेलमा सिमसार ठाँउ खोज्न आएका बुकुल्ला ।
बानेश्वरमा झरि परेपछि ।
क्षितिजबाट वर्षेको मुसलधारे झरि ।
सिनामंगलबाट आकाशमा देखिएको कालो बादल ।
झरिपछि बढेको वागमती ।
बग्दै गरेको नख्खु खोला ।
गोदावरी पार्कमा झरि परेपछि ।
ललितपुरको डुकुछापमा लगाइएको वर्षे धानखेती ।
छम्पीमा प्लाष्टिक ओडेर धान गोड्दै महिलाहरु ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४