काठमाडौँ । अल-कायदाका प्रमुख अयमान अल जवाहिरी अमेरिकी ड्रोन हमलामा मारिएका छन् । उनी ड्रोन हमलामा अफगानिस्तानमा मारिएको अमेरिकी राष्ट्रपति जो बाइडनले पुष्टि गरेको हो ।
अधिकारीहरूका अनुसार सुरक्षित घरको कौसीमा बसिरहेका जवाहिरीमाथि ड्रोनले दुई वटा क्षेप्यास्त्र प्रहार गरेको थियो । बाइडनले आफूले ७१ वर्षीय अल-कायदा नेता विरुद्ध लक्षित हमलाका लागि अन्तिम स्वीकृति दिएको बताएका छन् ।
सन् २०११ मा ओसामा बिन-लादेन मारिएपछि जवाहिरीले अल–कायदाको नेतृत्व लिएका थिए । सेप्टेम्बर ११ मा अमेरिकाका विभिन्न ठाउँमा भएको हमलाको योजना बिन-लादेन र उनले संयुक्त रूपमा बनाएका थिए । उनी अमेरिकाको मस्ट वण्टेड आतङ्कवादी खोजी सूचीमा थिए । बीबीसी
