Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सर्वोच्चले भन्यो – संवैधानिक नियुक्तिमा निलम्बित प्रधानन्यायाधीश जबराको स्वार्थ थियो


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, साउन १५ २०७९
  • 3K
    SHARES

काठमाडौं । सर्वोच्च अदालतले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई संवैधानिक पदाधिकारीको नियुक्तिसम्बन्धी विषयमा प्रतिबद्ध(स्वार्थ भएको) न्यायाधीशको रुपमा चित्रण गरेको छ ।

सर्वोच्च अदालतको संवैधानिक इजलासले यस्तो अवस्थामा पनि जबरालाई ‘कुनै प्रतिवद्धता नभएको(नन कमिटेड) न्यायाधीशको रुपमा स्वीकार गरिनु गम्भीर सैद्धान्तिक/अवधारणागत विचलन’ हुने भनी टिप्पणी गरेको हो ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि ५२ संवैधानिक पदाधिकारी नियुक्तिका क्रममा भागबण्डा लिएको र त्यसलाई निरन्तरता दिन खोजेको आरोप थियो । नियुक्तिविरुद्ध परेको मुद्दा उनले लामो समयदेखि अवरुद्ध पारेका थिए । आफैं निर्णयमा संलग्न भएकाले उनी संवैधानिक इजलासबाट अलग हुनुपर्ने माग उठेको थियो ।

उनले आफू संवैधानिक इजलासबाट अलग हुने भनी घोषणा गरेपछि अधिवक्ता डा. गणेश रेग्मीले दर्ता गरेको रिट निवेदनमाथिको व्याख्याका क्रममा सर्वोच्च अदालतको संवैधानिक इजलासले यस्तो भनेको हो । रेग्मीको निवेदन खारेज भइसकेको छ ।

नियुक्त भएका पदाधिकारीहरुलाई उहाँले नै पद तथा गोपनीयताको शपथ गराउनु भएको र स्वयम् उहाँले यस अदालतमा पेस गर्नु भएको लिखित जवाफमा संवैधानिक आयोगका नियुक्ति कायम रहनु पर्दछ र सो सम्बन्धी रिट निवेदन खारेज हुनु पर्दछ भनी उल्लेख गर्नु भएको समेत देखिन्छ’ संवैधानिक इजलासले सार्वजनिक गरेको पूर्णपाठमा भनिएको छ, ‘यस अवस्थामा उहाँको भूमिकालाई प्रतिवद्ध नभएको (नन कमिटेड) न्यायाधीशको रुपमा नै स्वीकार गर्नु पर्दछ भनियो भने गम्भीर सैद्धान्तिक/अवधारणागत विचलनको स्थिति पैदा हुन जाने देखिन्छ ।’

संवैधानिक आयोगका नियुक्तिसम्बन्धी सिफारिस गर्दा भागबन्डा खोजेको/लिएको/पाएको भनी जबरामाथि आलोचना भएको थियो । सर्वोच्च अदालतले यो कुरालाई नोटिसमा लिएको छ ।

जबराले लिखित जवाफ पेस गर्ने क्रममा नियुक्तीले निरन्तरता पाउनुपर्छ भनी वकालत गरेको र त्यो वकालतले उनी केही कामका लागि प्रतिवद्ध देखिएको भन्दै सर्वोच्च अदालतले कुनै कुराप्रति प्रतिबद्ध (कमिटेड) न्यायाधीशबाट निष्पक्ष न्यायसम्पादन हुन नसक्ने भनी व्याख्या गरेको हो ।

‘विषयवस्तुप्रति स्वार्थ जोडिएको, पूर्वधारणा बनाएको वा खास कुरामा पक्षधरता देखाएको अवस्थाका न्यायाधीशलाई प्रतिबद्ध न्यायाधीश (कमिटेड) न्यायाधीश मानिने न्यायिक प्रचलन रहेको छ’ फैसलामा भनिएको छ, ‘न्यायका मान्य सिद्धान्त सम्बन्धी अवधारणा तथा नागरिक तथा राजनीतिक अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय प्रतिज्ञा पत्रभित्र ‘प्रतिबद्ध नभएको’ (Non–committed) न्यायाधीशको अपेक्षासमेत रहेको देखिन्छ ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४