Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

काठे साँघु बनाउन आफै जुटे गाउँपालिकाका अध्यक्ष खड्का


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, साउन १४ २०७९
  • 4.6K
    SHARES

काठमाडौं । रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिकाका अध्यक्ष आफै स्थानीय जनताहरुको साथमा आफ्नो वडामा रहेको  खोलामा काठे साँघु बनाउने काममा जुटेका छन् ।

गाउँपालिकाको वडा नं ४ बेताली र वडा नं ५ नामाडीको सिमानामा रहेको स्थानीय बोहोरे खोलामा साँघु बनाउने क्रममा गाउँपालिका अध्यक्ष काजी बहादुर खड्का (दिनेश) काठे साँघु बनाउन आफै जुटेका हुन् ।

नामाडीको भित्तरी र बेतालीको माथिल्लो क्षेत्रका स्थानीयलाई आवत जावत गर्न समस्या भएपछि स्थानीयहरु सहित गाउँपालिका अध्यक्ष आफै जुटेर तत्काल समस्याको समधान हुने गरी काठको साँघु निर्माण गरेका हुन् । वर्षा याममा उक्त खोलो ठूलो हुने हुँदा स्थानीय लगायत विद्यार्थीलाई समेत समस्या हुने गरेको थियो ।

केही महिनाको लागि मात्रै तत्कालिन समस्या समधानको लागि काठे साँघु बनाइएको र भविष्यमा उक्त ठाउँमा सधैँका लागि समस्याको समधान हुने गरी झोलुङ्गे पुल बनाउनको लागि गाउँपालिकाले प्रक्रिया अगाडि बढाउने गाउँपालिका अध्यक्ष काजी बहादुर खड्का (दिनेश) ले बताएका छन् ।

यस्ता सामाजिक कामको लागि फुर्सदको समयमा जनप्रतिनिधि मात्रै नभएर सबैले हातेमालो गरेर अगाडि बढ्नु पर्ने अध्यक्ष खड्का बताउँछन् ।

आफू अध्यक्षमा निर्वाचित हुनु भन्दा पहिला पनि यस्ता सामाजिक कार्यमा सहभागी भइरहेको स्मरण गर्दै भविष्यमा पनि स्थानीयसँगै यस्ता सामाजिक कार्यक्रमा लाग्ने उनले बताएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४