Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

संसदीय समितिले सरकारलाई सोध्यो : एसपीपीमा सहभागी हुन्नौं भनेर पत्र किन नपठाएको ?


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, साउन ११ २०७९
  • 2.3K
    SHARES

काठमाडौं । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा सहभागी नहुने निर्णय अमेरिकालाई नपठाउनुको कारण माग गरेको छ ।

सरकारले एसपीपीमा सहभागी नहुने निर्णय गरेर परराष्ट्र मन्त्रालय मार्फत अमेरिकालाई पत्राचार गर्ने बताएको थियो । त्यस अनुसार गृह मन्त्रालयले मन्त्रिपरिषदको निर्णय परराष्ट्र मन्त्रालयमा पठाइसकेको छ । तर परराष्ट्र मन्त्रालयले हालसम्म अमेरिकालाई पत्र पठाएको छैन ।

सोही विषयमा छलफल गर्न बुधबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकले एसपीपीमा सहभागी नहुने सरकारको निर्णय अमेरिकालाई पत्र किन नपठाएको भनी प्रश्न गरेको हो ।

बैठकले अमेरिकालाई पत्राचार नगर्नुको कारण माग गर्दै परराष्ट्र र रक्षा मन्त्रालयलाई पत्र लेख्ने निर्णय गरेको समिति सभापति पवित्रा निरौला खरेलले जानकारी दिइन् । समितिले एसपीपीबारे आदान प्रदान भएका सबै दस्तावेज पनि रक्षा मन्त्रालयसँग माग गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४