Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

फेवातालको बिचमा रहेको तालबाराही मन्दिर ३ इन्च ढल्कियो


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, साउन १० २०७९
  • 3.2K
    SHARES

पोखरा । पोखराको फेवाताल बिचमा रहेको तालबाराही मन्दिर ३ इन्च दक्षिण ढल्किएको छ । भूकम्प र त्यसपछि नियमित मर्मत नहुँदा मन्दिर ढल्किएको हो ।

मन्दिर ढल्किएका कारण दर्शन गर्न जाने भक्तजनसमेत जोखिममा परेका छन् । ३ वर्षअघि नै मन्दिर ढल्किएको पत्ता लागेपनि मर्मत भएको छैन । २०७२ सालको भूकम्पले मन्दिरमा बढी क्षति पुगेको छ । ‘माथिल्लो भाग चर्किएको छ । जमिन पनि बलियो छैन,’ मन्दिर व्यवस्थापन समितिका अध्यक्ष हिक्मतबहादुर कुँवरले भने, ‘ढल्केको थाहा पाउने बित्तिकै सरोकारवाला निकायमा खबर पुर्‍याएका हौँ । तर काम अघि बढेन ।’

पुरातत्त्व विभागका दुई जना इन्जिनियरले नापजाँच गर्दा मन्दिर ढल्किएको अवस्थामा रहेको भेटिएको हो । ताल वाराही मन्दिर गुठी व्यवस्थापन समितिले मन्दिर पुनर्निर्माणका लागि पुरातत्त्व विभाग र गुठी संस्थानलाई आग्रह गरिरहेको कुँवरले बताए । मन्दिर ढल्किएपनि दैनिक पूजाआजा भने चलिरहेको छ । मन्दिर पुनर्निर्माणका लागि करिब १ करोड खर्च लाग्ने अनुमान गरिएको छ ।

भुईँ तला सहित यो मन्दिर ३ तलाको छ । मन्दिरका टुँडालहरू समेत जीर्ण बनेको बताइएको छ । नेपालका प्रथम शाह वंशीय राजा कुलमण्डन खानले स्थापना गरेको मन्दिर बगाएर फेवातालमा पुर्‍याएको र त्यहीँ उक्त मन्दिरलाई स्थापित गराइएको किम्बदन्ती छ । तत्कालीन राजा महेन्द्रले २०१७ सालमा मन्दिर पुनः निर्माण गराएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४