Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

टिकटक र इन्स्टाग्राम किशोरकिशोरीका लागि समाचारको मुख्य स्रोत !


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, साउन ७ २०७९
  • 6.4K
    SHARES

धेरैजसो किशोरकिशोरी मूलधारका सञ्चारमाध्यमबाट टाढा भइरहेका छन् । उनीहरुले सोसल मिडियालाई नै समाचारको स्रोतको रुपमा प्रयोग गरिरहेको अफकमको नयाँ अनुसन्धानले देखाएको छ ।

टिकटकमा समाचार सामग्री हेर्नेहरुको संख्या सन् २०२० मा ८ लाखबाट बढेर २९ लाख पुगेको अध्ययनले देखाएको छ ।

नेपालमा पनि टिकटक प्रयोगकर्ताको संख्या उल्लेखनीय भएकाले यसबाट समाचार पढ्ने र हेर्नेको संख्या उत्तिकै छ । टिकटकमा १५ सेकेन्ड, १ मिनेट र ३ मिनेटसम्मको भिडियो मात्र हेर्न मिल्ने र छोटो समयमा धेरै जानकारी पाइने भएकाले किशोरकिशोरी यसतर्फ आकर्षित भएको सामाजिक सञ्जालसम्बन्धी जानकार विजय लिम्बू सेनिहाङ बताउँछन् ।

इन्स्टाग्राम पनि युवामाझ लोकप्रिय अर्को सामाजिक सञ्जाल हो । यो पनि युवापुस्ताका लागि समाचारको मुख्य स्रोत बनेको छ । सन् २०२० मा २९ प्रतिशत किशोरकिशोरीले समाचार स्रोतको रूपमा इन्स्टाग्राम र टिकटक प्रयोग गरेको अध्ययनले देखाएको छ ।

तर छापा, टीभी र रेडियोका समाचारप्रति भने अझै पनि प्रौढहरुकै वर्चस्व छ । सोसल मिडिया प्लेटफर्मलाई समाचारको स्रोतको रुपमा प्रयोग गर्नेमध्ये आधा प्रयोगकर्ता १६ देखि २४ वर्ष उमेर समूहका छन् । अफकमले भिडियो सेयरिङ प्लेटफर्म मार्फत समाचार प्रयोगकर्ताको संख्या न्युज वेबसाइट र एप प्रयोग गर्ने प्रयोगकर्ताहरूको संख्या जत्तिकै रहेको समेत बताएको छ ।

अध्ययनमा सहभागी टिकटक प्रयोगकर्ताहरूले उनीहरूले २४ प्रतिशत समाचार सम्बन्धित सञ्चार संस्थाको आधिकारिक साइटबाट भन्दा उनीहरूले फलो गर्ने अन्य व्यक्तिका माध्यमबाट थाहा पाउने बताएका थिए ।

भारतमा इन्स्टाग्रामका ४५ प्रतिशत प्रयोगकर्ताले समाचार पढ्नका लागि सबैभन्दा धेरै फलो गरेको आउटलेट बीबीसी थियो । स्काई न्युज २२ प्रतिशत, लड बाइबल र बज फिड १४÷१४ प्रतिशतले फलो गरेको पाइयो । समाचार उपभोग गर्ने इन्स्टाग्राम प्रयोगकर्तामध्ये लगभग ६० प्रतिशतले सार्वजनिक व्यक्तिलाई फलो गरेको बताएका छन्, जबकि ४४ प्रतिशतले भने उनीहरूले कम्तीमा एक विशिष्ट पत्रकारलाई फलो गरेको बीबीसीमा उल्लेख छ ।

धेरै वर्षदेखि छापिएका पत्रपत्रिकाको बिक्रीमा ह्रास भएको प्रष्ट देखिए पनि पछिल्ला दुई वर्षमा यसमा आएको गिरावट अचम्मको छ । सन् २०२० मा ३५ प्रतिशत (५५ वर्ष भन्दा माथि)का प्रौढले अझै पनि पत्रिका पढ्दै थिए ।  तर त्यो अहिले  २४ प्रतिशतमा झरेको छ । कोरोना महामारीको समयमा पत्रपत्रिका आउन छाडेका कारण पत्रिका पढ्नेहरूको संख्यामा कमी आएको मानिन्छ ।

टिकटक र इन्स्टाग्राम समाचारका लागि लोकप्रिय प्लेटफर्म हुँदै गए पनि अर्को महत्वपूर्ण कुरा के हो भने किशोरकिशोरीहरूका लागि समाचारको सबैभन्दा ठूलो स्रोत उनीहरुको परिवार पनि हो । यसको हिस्सा ६५ प्रतिशत रहेको अध्ययन बताउँछ ।

नेपालको सन्दर्भमा हेर्ने हो भने समाचारको लागि सोसल मिडिया प्लेटफर्ममा पनि टिकटकको प्रयोग बढी भएको देखिने सेनिहाङ बताउँछन् । ‘पछिल्लो समय मानिसहरू समाचार पढ्न लामो समय छुटाउन चाहँदैनन् । यस्तोमा छोटो समयमा जानकारी प्राप्त गर्ने माध्यम सोसल मिडिया बनेको छ,’ उनी भन्छन् ।

अहिले लामो समाचार पढ्ने, हेर्ने बानी परिवर्तन हुँदै गइरहेको छ । हेडलाइन र लिड मात्रै पढ्ने बानी पनि धेरैको छ । त्यसैले पनि ‘रुटिन अफ नेपाल बन्द’ जस्ता फेसबुक पेज समेतलाई किशोरकिशोरीहरुले समाचारको स्रोतको रुपमा लिन थालेको सेनिहाङको तर्क छ ।

बीबीसीको सहयोगमा

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४