Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

लिखुतामाकोशी गाउँपालिका अध्यक्ष महतको सक्रियता “धोवी बजार एक महिनामा हिलो “मुक्त”


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, साउन १ २०७९
  • 2.5K
    SHARES

©नेत्र बहादुर कार्की

काठमाडौं । रामेछाप लिखुतामाकोशी गाउँपालिकामा रहेको धोवी बजार बर्षौ देखी हिलो र धुलोले अस्त ब्यस्त रहेको थियो । २०७४ सालमा संघियता पछी पहिलो पटक स्थानिय तहको निर्वाचन भयो । स्थानिय तहको निर्वाचन पछी नयाँ जनप्रतिनिधीहरु आए । जनप्रतिनिधी आए संगै धुलो र हिलोले कस्टकर जिन्दगी बिताएका नागरिकले धुलो र हिलोबाट मुक्ति पाउने ठुलो अपेक्षा गरेका थिए । तर त्यसो हुन सकेन ।

बजार झन अस्त ब्यस्त बन्दै गयो । बजार मात्र हैन सदरमुकाम मन्थलीबाट धोवी बजार निस्कन समेत धौ धौ भयो । नयाँ जनप्रतिनिधी आए संगै अन्य गाउँपालिका केन्द्र र सो केन्द्र जाने सडकहरुमा कालो पत्र धमाधम बन्दै गए तर लिखु तामाकोशी गाउँपालिकाको केन्द्र जाने बाटो झन झन अस्त ब्यस्त बन्दै गयो । जनप्रतिनिधीहरु एकले अर्कालाई दोष देखाउदै गए । एक आपसमा लड्दै गए । तर बजार क्षेत्र सुधार हुन त कता कता झन अस्त ब्यस्त बन्यो । ५ बर्ष बित्यो केहि भएन ।

२०७९ साल बैशाख ३० गते भएको स्थानिय तहको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट केशब महत निर्वाचित भएर आएको एक महिना भित्र बजार बासीमा खुशि छाएको स्थानियको भनाई छ । स्थानिय दामोदर खड्काले भने अहिले बर्षौ देखी धुलो र हिलोले अस्त ब्यस्त रहेको बजार धुलो र हिलो मुक्त भएको छ । अध्यक्ष ज्युले सबै भन्दा पहिले गाउँपालिका केन्द्र आउने सडकहरु र बजार क्षेत्रको सुधार गर्न पर्छ भनेर काम अगुवाई गर्नु भो सोहि अनुसार सबैको साथ मिल्यो अहिले सबै वडा र सदरमुकामबाट गाउँपालिका केन्द्र आउ जाउ गर्न सहज हुनका साथै बजार क्षेत्र पनी धुलो हिलो मुक्त भएको छ ।

निर्वाचित भएर आएको एक महिनामा महतले बजार यरियामा सडक ग्रावेल गरेर बजार क्षेत्र धुलो र हिलो मुक्त बनाएका छन् । महतले बजार क्षेत्र मात्र हैन् । हलिदेबेसीबाट धोवी बजारसम्म सडक मर्मत गरेर सकेका छन् ।

अध्यक्ष महतले भने मैले स्थानिय सरकार भएको महशुस गराउँछु भनेको थिए । सकेसम्म स्थानिय सरकार भएको महशुस दिलाउने कोशिष गरेको छु । सबै नागरिकको भावना अनुसार नागरिकको सुबिधामा ध्यान दिएर काम गर्ने कोशिष गरेको छु । मैले मात्र गरेर हुदैन स्थानिय नागरिक , कर्मचारी र अन्य जनप्रतिनिधिहरुको पनी साथ सहयोग चाहिन्छ । स्थानिय नागरिक, कर्मचारी र अन्य जनप्रतिनिधी साथीहरुको साथ भएन भने म एक्लैले केहि गर्न सक्दिन  सबैले सहयोग गरे लिखुतामाकोशी गाउँपालिकालाई देशकै नमुना र उत्कृष्ट गाउँपालिका बनाउन सकिन्छ अध्यक्ष महतले भने ।

गाउँपालिकाकै पहिचान झल्कने सडकको स्तरोन्नतिको काम सुरु भइसकेकाले आउँदो आर्थिक वर्ष २०७९/०८० मा पिच गर्ने योजना रहेको गाउँपालिका अध्यक्ष महतले बताएका छन् । वर्षा याममा हिलो र हिउँद याममा धुलैधुलो हुने धोवी बजार क्षेत्रलाई मात्रै नभएर हल्दे–धोवी–सिरिशे सडकलाई स्तरोन्नति सहित आवश्यक ठाउँहरुमा पिच गर्ने गरी काम अगाडि बढाइएको अध्यक्ष महतको भनाई रहेको छ । पुर्वाधार सँगै नागरिकको माग अनुसार अन्य विकास हुँदै जाने अध्यक्ष महतले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४