Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गभर्नर अधिकारीको राजीनामा माग्दै राष्ट्रबैंक घेराउ गर्न पुगेका माओवादी विद्यार्थी पक्राउ


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, साउन १ २०७९
  • 2.5K
    SHARES

काठमाडौं । नेपाल राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग्दै राष्ट्र बैंकमा घेराउ गर्न पुगेका सत्तारूढ दल माओवादी केन्द्रका विद्यार्थी संगठन अखिल क्रान्तिकारीका विद्यार्थीहरूलाई प्रहरीले पक्राउ गरेको छ ।

गभर्नर अधिकारीलाई कार्यालय प्रवेश गर्न नदिने उदेश्यले आइतबार बिहान १० बजेनै अखिल क्रान्तिकारी र नेविसंघका कार्यकर्ता बालुवाटारस्थित राष्ट्र बैकको गेट अगाडि धर्ना दिन पुगेका अखिल क्रान्तिकारीका ५ कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो ।

निषेधित क्षेत्रमा नाराबाजी गरेपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । घेराउ र प्रदर्शनका क्रममा प्रहरी र विद्यार्थी कार्यकर्ताबीच केहीबेर धकेलाधकेल समेत भएको थियो । त्यसपछि राष्ट्र बैक अगाडि प्रहरीको बाक्लो तैनाथ गरिएको छ ।

नेकपा एमालेको अर्थ तथा योजना विभागमा गभर्नर अधिकारी पनि सदस्य रहेको आरोपपछि सत्तारूढ दलहरूले गभर्नर अधिकारीले पदत्याग गर्नुपर्ने उनीहरुले माग गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४