Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

साउन १ गते आइतबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, साउन १ २०७९
  • 2.8K
    SHARES

पञ्चाङ्ग
वि.सं. साउन १, २०७९ । ई.सं. १७ जुलाई २०२२ । शक संवत् १९४४ । नेपाल संवत् ११४२ बछलागा । नल उत्तरायण ग्रीष्म । आइतबार श्रावण कृष्णपक्ष । तिथि- चतुर्थी, १५:४० बजे उप्रान्त पञ्चमी । नक्षत्र- शतभिषा, १८:५० बजे उप्रान्त पूर्वभाद्रपदा । योग- सौभाग्य, २३:४६ बजे उप्रान्त शोभन । करण- वालव १५:४० बजेदेखि कौलव, २६:५२ बजे उप्रान्त वणिज । चन्द्रराशि कुम्भ । आनन्दादि योग राक्षस । दिनमान ३४।०८ । सूर्योदय ५:२० । सूर्यास्त १८:५९ । श्रावण संक्रान्ति, दक्षिणायनारम्भ, थारु गुरियापर्व, कण्डारकपूजा, लुतोफाल्ने, बैतडी विश्वनाथ मन्दिरमा साउनेमेला सुरु ।

राशिफल

मेष – ARIES

चु, चे, चो, ला, लि, लु, ले, लो, अ

मिहिनेतले आम्दानी बढाउनेछ। आयस्रोत बढ्नेछन् भने उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि, पशुपालन तथा व्यापारमा मनग्य लाभ हुनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। अध्ययनमा राम्रै प्रगति हुनेछ। नयाँ ज्ञान सिक्ने समय छ। सञ्चित धनको उपयोगबाट विशेष फाइदा हुनेछ। श्रमको उचित मूल्यांकन होला। दिन उत्साहवर्द्धक रहनेछ।

वृष – TAURUS

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

कर्मका प्रेरक बढ्नाले कर्मसाधना सिद्ध हुनेछ। प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ। व्यापारमा प्रशस्त फाइदा हुनेछ। दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ।

मिथुन – GEMINI

का, कि, कु, घ, ङ, छ, के, को, ह

सानातिना काममा अल्झनुपर्दा मुख्य काम राेकिन सक्छ। समस्या दोहोरिनाले उत्साहमा कमी आउनेछ। फाइदा उठाउन चुनौतीहरूसँग जुध्नुपर्नेछ। परिश्रम परे पनि कम प्रतिफलमा चित्त बुझाउनुपर्ने परिस्थिति रहला। आफ्नो वस्तुमा अरूले दाबी गर्न सक्छन्। केही विवादास्पद जिम्मेवारी समेत वहन गर्नुपर्नेछ। गरी आएको कामलाई निरन्तरता दिन सकिनेछ।

कर्कट – CANCER

हि, हु, हे, हो, डा, डि, डु, डे, डो

प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। लेनदेनमा विवाद बढ्नेछ भने काम बिग्रने भयले सताउनेछ। परिस्थितिवश चुनौतीहरूसँग सम्झौता गर्नुपर्ला। ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्न सक्छ। सानातिना समस्याले पनि स्वास्थ्यमा कमजोरी अनुभूति हुन सक्छ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्।

सिंह – LEO

मा, मि, मु, मे, मो, टा, टि, टु, टे

परिवारजनको साथले उत्साहित भइनेछ। प्रेम वा मित्रताको बन्धन कसिने समय छ। भौतिक साधन जुट्नेछ भने आम्दानी बढाउने काम प्रारम्भ गर्न सकिनेछ। आयआर्जन राम्रै हुनेछ। कामबाट फुर्सदिलो भइनेछ भने अतिथिका रूपमा सत्कार समेत पाइने सम्भावना छ। व्यापार–व्यवसायमा लाभ हुनेछ। व्यावसाय विस्तारका लागि यात्रा गर्ने अवसर प्राप्त हुनेछ।

कन्या – VIRGO

टो, प, पि, पु, ष, ण, ठ, पे, पो

लगनशीलताले अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ। रकम तथा भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहनेछ। शत्रुभाव राख्नेहरू स्वयं कमजोर हुनेछन्। बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ।

तुला – LIBRA

र, रि, रु, रे, रो, ता, ति, तु, ते

अस्वस्थताले काममा बाधा पुग्न सक्छ। साथ दिनेहरू नहुँदा आफैं काममा जुट्नुपर्ला। कमजोर विकल्प अँगाल्नाले ताकेकाे माैका गुम्न सक्छ। व्यापार तथा आर्थिक गतिविधिमा मन्दी आउनेछ। अप्ठ्यारा परिस्थिति सुल्झाउन केही समय लाग्न सक्छ। चिताएका काम बिस्तारै भए पनि सम्पादन हुनेछन्। गुरुजनको मार्गदर्शन र मिहिनेतले मात्र अध्ययन राम्राे हुनेछ।

वृश्चिक – SCORPIO

तो, ना, नि, नु, ने, नो, या, यि, यु

आफन्त वा परिवारजनलाई धेरै समय दिनुपर्ने हुन सक्छ। आश्वासन दिनेहरूले प्रतिबद्धता पूरा नगर्न सक्छन्। हल्लाको भरमा अरूको विश्वास गर्दा धोका हुनेछ। कृषि, पशुपालन तथा घरेलु कामकाजमा बढी प्रवृत्त भइनेछ। तत्काल फाइदा नहुने काममा समय बित्नेछ। दोहोर्याएर प्रयत्न गर्दा काम सम्पादन भए पनि परिश्रमका तुलनामा प्रतिफल कम देखिनेछ।

धनु – SAGITTARIUS

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

अग्रजहरूको सहयोग जुट्नुका साथै पराक्रमी काम सम्पादन हुनेछ। सहयोगीहरूले राम्रो फाइदा दिलाउनेछन्। रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ। उद्योग र व्यापारमा मनग्य फाइदा हुनेछ। मिहिनेतले जीवनशैलीमा सुधार ल्याउनेछ। लगनशीलताले विभिन्न अवसर दिलाउनेछ भने निरन्तर लागिपर्दा अप्ठ्यारो कामसमेत बन्न सक्छ।

मकर – CAPRICORN

भो, ज, जि, खि, खु, खे, खो, गा, गि

हडबडीले काम बिग्रनेछ भने सानो गल्तीले मौका गुम्न सक्छ। बोलीको गलत अर्थ लाग्नाले वादविवादमा परिने सम्भावना छ। अध्ययनमा त्यति समय दिन नसकिएला। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ। विचार सम्प्रेषण गर्न केही समय पर्खनु बुद्धिमानी हुनेछ। केही खर्च लागे पनि सोख पूरा गर्न सकिनेछ।

कुम्भ – AQUARIUS

गु, गे, गो, सा, सि, सु, से, सो, द

समयमा सजग नहुँदा महत्त्वाकांक्षी योजना बिग्रन सक्छ। केही चुनौती देखा पर्नेछन्। आफ्नो क्षेत्रमा अरूले अधिकार जमाउन सक्छन्। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला। भेटघाटमा अलमलिनाले चिताएका काम राेकिन सक्छ। तापनि आज मिहिनेत गर्दा पछि फाइदा उठाउन सकिनेछ। विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने मौका छ।

मीन – PISCES

दि, दु, थ, झ, ञ, दे, दो, च, चि

आँटेको काममा अवरोध आउनुका साथै खर्च समेत बढ्न सक्छ। व्यवसायमा लगानी बढाउनुपर्ने समय छ। आफ्नै कमजोरीले विवादमा परिएला। प्रतिस्पर्धामा पनि केही कमजोर साबित भइएला। आफन्तबाट टाढिनुपर्ने परिस्थिति आउन सक्छ। काममा स्थानान्तरण हुने समय छ। यात्राका लागि खर्च हुनेछ। वैदेशिक क्षेत्रबाट भने सामान्य लाभ उठाउन सकिनेछ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४