Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बाबुराम र उपेन्द्रमा कसको पल्ला भारी ?


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, असार ३१ २०७९
  • 2.8K
    SHARES

©नेत्र बहादुर कार्की

काठमाडौँ । जनता समाजवादी पार्टी अब एउटै रहन फेरि अर्को आश्चार्य हुनुपर्छ । जसपाका सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईसहित ९ जना नेतालाई केन्द्रीय समितिका अध्यक्ष उपेन्द्र यादव पक्षले निष्कासन गरिसकेको छ ।

भट्टराई पक्षको मंगलबार र बुधबार काठमाडौँमा बसेको विस्तारित बैठकले जसपाबाट अलग भएर नयाँ वैकल्पिक शक्ति निर्माण गर्ने निर्णय गरेको भोलिपल्ट वीरगञ्जमा उपेन्द्र यादव पक्षले गरेको केन्द्रीय कमिटी बैठकले डा भट्टराईसहित ९ नेतालाई पार्टीबाट निष्कासन गरेको हो । अब जसपा सिङ्गो एउटा पार्टी बन्न नसक्ने निश्चित भएको छ ।

पार्टीमा फुट आएसँगै उपेन्द्र र भट्टराईमा को बलियो भन्ने बहस चलेको छ ? उपेन्द्रले वीरगञ्जमा र भट्टराईले काठमाडौँ भेला राखे । दुवै पक्षले आफूलाई बलियो देखाउने प्रयत्न गरेको पाइयो ।

अध्यक्ष भट्टराईसहित कार्यकारिणी सदस्यहरू महिन्द्र यादव, हिसिला यमी, गंगानारायण श्रेष्ठ, प्रशान्त सिंह, दुर्गा शोव, रमेश यादव, भक्तबहादुर साह र दानबहादुर चौधरीलाई उपेन्द्र यादवले पदमुक्त गरेको छ । पदमुक्त भएका यी नेता भट्टराई पक्षले काठमाडौँमा डाकेको विस्तारित बैठकमा सहभागी भएका थिए ।

बाबुरामले २८–२९ असारमा काठमाडौँमा केन्द्रीय समिति बैठक राखेर आफ्नो समूह उपेन्द्रको भन्दा ठूलो भएको दाबी गरे । सङ्ख्या गन्दा बाबुरामको भेलामा ४० प्रतिशत केन्द्रीय समितिका नेताहरू थिए । उपेन्द्र पक्षमा देखिएका नेताहरू फर्किनेक्रम चलिरहेको हुनाले आफ्नो समूह ठूलो हुने बाबुराम पक्षका नेताहरू दाबी गर्छन् । बाबुराम पक्षका एक नेता भन्छन्, ‘उपेन्द्रको भेलामा भन्दा बाबुराम भट्टराई पक्षको भेलामा केन्द्रीय समितिको नेताहरू देखिए, उता (उपेन्द्र)तिर  गएका नेताहरू पनि फर्किन्छन्, अब एउटा बलियो वैकल्पिक शक्ति बन्नेछ ।

तीन नेताका अनुसार जसपा पुनर्गठन हुन्छ, जसमा उपेन्द्र यादवसहित केही नेता बाहिरिन्छन् । बाबुरामको बैठकमा राजपा अध्यक्ष मण्डलका सदस्य महिन्द्र राय यादव पनि उपस्थित भए। उनीसहित उपेन्द्रको पक्षमा यसअघि देखिएका १२ जना नेताहरू बाबुरामलाई साथ दिएका छन् । भट्टराई पक्षका एक नेताका अनुसार जसपामा बाबुरामको बहुमत छ, उपेन्द्रभन्दा अहिले पनि बाबुराम बलिया छन् । बाबुरामलाई जसपाको कार्यकारिणी समितिका ८ जना र केन्द्रीय समितिका १ सय ६० भन्दा बढी सदस्यले साथ दिएका उनी पक्षका नेता दाबी गर्छन् ।

उपेन्द्र यादव पक्षको वीरगञ्जमा भएको बैठकमा बाबुरामको काठमाडौँमा भएको बैठकभन्दा बढी केन्द्रीय कमिटीका सदस्यहरू सहभागी भएको दाबी छ । यादव पक्षका एक नेताका अनुसार बाबुराम भट्टराईको नयाँ शक्ति पार्टीसँग एकता गरेर समाजवादी पार्टी बनाउँदादेखि अहिले बाबुरामले समानान्तर समितिको अभ्यास गर्दा उपेन्द्रको शक्ति बलियो छ । ती नेताका अनुसार अशोक राई पहिला बाबुराम भट्टराईको पक्षमा देखिएका थिए, बाबुरामको बैठकमा अशोकले साथ दिएनन्। उपेन्द्र पक्षका वीरगञ्जमा भएको भेलामा राई सहभागी भए ।

यादव पक्षका कुनैपनि नेता बाबुरामतिर नगएका ती नेता दाबी गर्छन् । जसपाको बहुमत समूह उपेन्द्रसँग छ । उनी पक्षका ती नेताले भने, ‘बाबुराम बबुरो भएका छन्, ६० प्रतिशत केन्द्रीय सदस्यहरू उपेन्द्र यादव पक्षमा खुलेका छन्, वीरगञ्जको बैठकमा ६० प्रतिशत केन्द्रीय सदस्यहरू यादव पक्षमा खुलेका छन् भने को बलियो हुन्छ ?

अमृता अग्रहरी, हेमराज राई, राजकिशोर यादव, रामनरेश यादव सहितका केही नेता बाबुराम र यादव कुनै पक्षमा पनि खुलिसकेका छैनन् । दुवैले नखुलेका केही नेता आफ्नो पक्षमा आउने दाबी गरेका छन् । नखुलेका नेता सबै बाबुरामतर्फ गए पनि उपेन्द्र यादव बलियो हुने उनी पक्षका नेता दाबी गर्छन्, तर नखुलेका केही नेता उपेन्द्र यादव पक्षमा आउने दाबी गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४