Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ट्रष्टका नाममा छुट्याइएको बजेट फिर्ता गर्न गण्डकी सरकार तयार


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, असार २७ २०७९
  • 3.1K
    SHARES

काठमाडौं । गण्डकी प्रदेश सरकारले नेताका आफन्तका नाममा छुट्याएइको बजेट फिर्ता लिन तयार भएको छ ।

चौतर्फी आलोचना भएपछि गण्डकी प्रदेश सरकारले बजेट फिर्ता लिने भएकाे हाे । बजेट मार्फत मुख्यमन्त्री कृष्णचन्द्र पोखरेललगायतका आफन्तहरूका नाममा छुट्याइएको बजेट फिर्ता लिन निर्देशन दिइएको मूख्यमन्त्रीको सचिवालयले दावी गरेको हाे । मुख्यमन्त्री पोखरेलले त्यस्तो बजेट प्रदेशको प्राथमिकताका क्षेत्रमा खर्चिने व्यवस्था मिलाउन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको मुख्यमन्त्रीका प्रेस संयोजक भरत कोइरालाले जनाएका छन् ।

गण्डकी सरकारले मुख्यमन्त्री पोखरेलका बुबाको नाममा खोलिएको ट्रष्टलाई ५० लाख र शिक्षामन्त्री मेखलाल श्रेष्ठका बुवा र आमाको नामको ट्रष्टका लागि १ करोड, कांग्रेस केन्द्रीय सदस्य अर्जुन जोशीका बुबाको नामको पार्कका लागि २० लाख बजेट छुट्याइएको थियो । कांग्रेसका स्वर्गीय नेता डिल्लीराम लामिछानेको नाममा २० लाख, कांग्रेस नेतृ सीताकुमारी काफ्ले आमाबाबुको नाममा ५० लाख, जनमोर्चा सांसद पियारी थापाका दम्पतिको ट्रष्टलाई ७० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

त्यस्तै, मुख्यमन्त्री पोखरेलकै बुबाको नाममा दमौली अस्पतालमा रहेको ‘गोवद्र्धन शर्मा मेमोरियल आँखा उपचार तथा अनुसन्धान केन्द्र’ बारे सम्भाव्यता अध्ययन गर्ने भन्दै १० लाख रूपैयाँ विनियोजन गरिएको छ । त्यसैगरी विपी कोइरालाका नाममा गण्डकी प्रदेशका १२ ठाउँमा पार्क र भवन बनाउन १ करोड ३० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

विनियोजित उपरोक्त रकम सबै फिर्ता हुने नहुने विषयमा भने मुख्यमन्त्रीको सचिवालयले स्पष्ट पारेको छैन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४