Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बालेन भन्छन्- ‘आफ्नै तलबबाट सालिक बनाउँछु’, कानुन भन्छ- मेयरकाे तलबै हुँदैन


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, असार २६ २०७९
  • 5.4K
    SHARES

काठमाडाैँ । काठमाडाैँ महानगरपालिकाका मेयर बालेन शाहले आफ्नै तलबले र्‍यापर यम बुद्धकाे सालिक बनाउने घाेषणा गरेका छन् ।

महानगरबाट र्‍यापर यम बुद्धकाे सालिक निर्माणका लागि १५ लाख बजेट विनियाेजन गरिएपछि मेयर बालेन शाहकाे सर्वत्र विराेध भएकाे थियाे । विराेध बढ्न थालेपछि उनले सामाजिक सञ्जालमा व्यक्तिगत तलबबाट यमकाे सालिक बनाउने घाेषणा गरेका हुन् ।

♦ बालेनले गरे आफ्नै तलबबाट यम बुद्धको सालिक बनाउने घोषणा

आफ्नै तलबबाट सालिक बनाउने बालेनकाे घाेषणासँगै सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया आइरहेकाे छ । सामाजिक सञ्जालमा बालेनकाे याे निर्णयकाे केहीले प्रशंसा गरेका छन् भने केहीले मेयरकाे प्राथमिकतामा सालिक पर्ननहुने तर्क गरिरहेका छन् ।

बालेनले आफ्नो तलबबाट सालिक बनाउने घाेषणा गरेपनि नेपालमा कानुनतः जनप्रतिनिधिले तलब लिन पाउने व्यवस्था भने छैन । यस्ताेमा बालेनले कुन तलबले यम बुद्धकाे सालिक बनाउने हाे भन्ने प्रश्न उठ्न थालेकाे छ ।

सर्वाेच्च अदालतले २०७६ मंसिरमा सुनाएकाे एउटा फैसलाअनुसार नेपालमा स्थानीय तहका जनप्रतिनिधिहरूले तलब लिन पाउने सुविधा छैन । अदालतले स्थानीय तहका जनप्रतिनिधिहरूले पारिश्रमिक नपाउने गरी कानुनी व्याख्या गरेकाे थियाे ।

तत्कालीन प्रधानन्यायाधीश चाेलेन्द्रशमशेर राणासहित ५ जना न्यायाधीशको संवैधानिक इजलासले गरेको फैसलामा घुमाउरो भाषा प्रयोग गरी स्थानीय तहका पदाधिकारीलाई मासिक सुविधा दिनु संविधानप्रतिको जालसाझी भएको व्याख्या गर्दै यस्ताे व्यवस्था गरेकाे थियाे ।

स्थानीय तहका पदाधिकारीलाई तलब दिँदा संविधानको धारा २२० र २२७ उल्लंघन हुने उक्त फैसलामा प्रस्टसँग उल्लेख गरिएकाे छ ।

एउटा प्रदेश बाहेक अन्य सबै  प्रदेशले आफूअन्तर्गतका स्थानीय तहका जनप्रतिनिधिले प्राप्त गर्ने पारिश्रमिक, सुविधा तथा विभिन्न शीर्षकको भत्ता तोकेर ऐन जारी गरेपछि सर्वाेच्चमा त्यसविरुद्ध रिट परेकाे थियाे । साेही रिटमा फैसला सुनाउँदै सर्वाेच्चले यस्ताे व्यख्या गरेकाे हाे ।

यद्यपि सर्वोच्चले संविधानको धारा २२० र २२७ अनुसार तलब वा पारिश्रमिक लिन नमिले पनि पदाधिकारी तथा सदस्यले निर्वाह गर्नुपर्ने भूमिकालाई ध्यानमा राखी विभिन्न शीर्षकमा कानुन बमोजिम सुविधा भने लिनसक्ने निष्कर्ष दिएकाे थियाे ।

जनप्रतिनिधिले पाउने सुविधामा मासिक सुविधा, सञ्चार, दैनिक भ्रमण भत्ता, वैदेशिक भ्रमण भत्ता, इन्धन खर्च, यात्रा बीमा, स्थानीय तहमा निर्माण भएका विभिन्न समितिमा उपस्थिति बैठक भत्तालगायत छन् । स्थानीय तहमा प्रमुख, उपप्रमुख, वडाध्यक्षले पूर्णकालीन भएर कार्यालयमै बसेर सेवा प्रवाह गर्छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४