Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

यौन दुर्व्यवहार गर्नेलाई सात वर्ष जेल सजाय


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, असार २४ २०७९
  • 2.3K
    SHARES

कर्णाली । राउटे युवतीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेका सुर्खेत गुर्भाकोटका तीन आरोपितलाई अदालतले सात वर्षको जेल सजाय तोकेको छ । जिल्ला न्यायाधीश डा राजेन्द्रकुमार आचार्यको इजलासले राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्ने गुर्भाकोट नगरपालिका–९ सुर्खेतका चौमनबहादुर घर्ती र भुपेन्द्र बुढामगरलाई सातरसात वर्ष जेल सजाय र जनही रु दुई लाख जरिवाना तोकेको हो ।

अदालतले यौन दुर्व्यवहार भएको होटलका सञ्चालकलाई तीन वर्ष छ महिना जेल सजाय र रु एक लाख जरिवाना तोकेको जिल्ला अदालत सुर्खेतका सूचना अधिकारी उज्वलदेव रावलले जानकारी दिए ।

उनका अनुसार सातरसात वर्ष जेल सजाय पाएका घर्तीमगर र बुढामगरले पीडित राहत कोषमा जनही रु आठ हजार र होटल सञ्चालक पुनले रु चार हजार पीडित राहत कोषमा जम्मा गर्नुपर्ने फैसलामा उल्लेख गरिएको छ ।

बोटेचौरको शुभकामना होटलमा विसं २०७८ जेठ २१ गते राति ९ः०० बजे राउटे युवतीमाथि यौनहिंसा गरेको आरोपमा गुर्भाकोट नगरपालिका–९ बोटेचौरका चोमन घर्ती भनिने घर्ती, मिलन भनिने पुन र भूपेन्द्र बुढा मगरलाई जेठ २३ गते बिहान प्रहरीले पक्राउ गरेको थियो । घर्ती तथा बुढा मगरले राउटे युवतीलाई मदिरा खुवाएर यौनहिंसा गरेको भिडिओ सार्वजनिक भएपश्चात् उनीहरू पक्राउ परेका थिए ।

अदालतले असार १६ गते पुर्पक्षका लागि तीनैलाई जेल चलान गरेको थियो । उक्त समयमा राउटे समुदाय गुर्भाकोट नगरपालिका–११ सुर्खेत आँपसोतीस्थित भेरी नदीको किनारामा बस्दै आएका थिए । रासस

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४