पुष्कर खड्का
काठमाडौं । रामेछापमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । मन्थली नगरपालिका वडा नं ६ भलुवाजोरका २८ वर्षीय गोविन्द माझीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी राजु ढकालले दिएको जानकारी अनुसार विवाह गर्छु भनि १५ वर्षीय नाबालिकालाई ललाई फकाई जबरजस्ती करणी गरी फरार रहेको माझिलाई मंगलबार सिन्धुलीको ग्वालटारबाट पक्राउ गरिएको हो ।
मन्थली नगरपालिका वडा नं १ बसपार्क स्थित हरि माझीको घरमा सपनी माझीले कृतिका थकाली गेष्ट हाउस संचालन गर्दै आएकोमा सोही गेष्ट हाउसमा ललाई फकाई गरि करणी गरेको अनुसन्धनबाट खुलेको अधिकारी ढकालले बताए ।
पक्राउ परेका माझीलाई जिल्ला अदालत रामेछापबाट म्याद थप गरेर अनुसन्धान भइरहेको रामेछाप प्रहरीले जनाएको छ ।