Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

उमाकुण्ड र गोकुलगंगाले शुरु गरे इएफटी सेवा


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, असार २२ २०७९
  • 3.7K
    SHARES

काठमाडौं । रामेछाप जिल्लाको उत्तरी क्षेत्रमा पर्ने उमाकुण्ड र गोकुलगंगा गरी दुई गाउँपालिकाको आर्थिक कारोवार अब इलेक्ट्रोनिक फण्ड ट्रान्सफर (इएफटी) सेवाबाट हुने भएकाे छ । जिल्लाको ८ वटा स्थानिय तहहरु मध्ये पहिलो पटक यो कार्यक्रम दुई गाउँपालिकाले शुरु गरेका  हुन् ।

गाउँपालिकाले गर्ने विभिन्न विकास निमार्ण लगाएतका अन्य कामको भुक्तानी लिन नागरिकले झन्झटीलो भएको भन्दै गुनासो गरेपछि त्यसलाई सरलीकरण गर्न दुई गाउँपालिकाले पहिलो पटक इएफटी सेवा संचालन गरेको हो । गाउँपालिकाले संचालनमा ल्याएको यससेवा वाट नागरिकहरुले आर्थिक कारोवारको कामको लागि गाउँपालिकामा धाउनु नपर्ने र बैंकहरुमा चेक साट्न लाइनमा पनि बस्नु नपर्ने भएको गोकुलगंगा गाउँपालिकाका लेखा अधिकृत राजन गुरागाईले जानकारी दिए ।

उनले भने– पहिला पालिका स्तरमा भएका विभिन्न कामको भुक्तानीको लागि सेवाग्राहीहरुले आवश्यक कागजात लिएर पालिकामा आएर बुझाएर फर्कनुपर्ने र चेक बनेपछि पुनः नागरिक चेक लिन आउनु पर्ने समस्या थियो । अब उक्त समस्यावाट दुई गाउँपालिकाका सेवाग्राहीले मुक्त्ती पाएका छन् । भुक्तानीको लागि सेवाग्राहीहरुले आवश्यक कागज पेश गरेपछि कागजातको आधारमा सिधै उनीहरुले खोलेको खातामा पालिकाले रकम जम्मा गरिदिने अधिकृत गुरागाईले बताए ।

गाउँपालिकाले शुरु गरेको यो कार्यक्रमले आर्थिक कारोवारको काम लिएर जाने सेवाग्राहीले सहज रुपमा सेवा पाउने आशा आफुले लिएको उमाकुण्ड गाउँपालिका–४ प्रितीका नागरिक अगुवा झपडराज भण्डारीले जानकारी दिए । उनले भने– पहिलो पालिकाले दिएको योजनाको काम सकेर भुक्तानी लिन जाँदा पालिकामा चेक काट्न समय लाग्ने, एकपटक काम नहुँदा पुनः अर्को पटक पनि जानुपर्दा उपभोक्ताको धेरै खर्च लाग्ने जस्ता समस्या थिए । अव यो कार्यक्रम लागु भएपछि आफ्नो योजनाको रकम आफ्नो खातामा गयो की गएन भनेर सोधेर बैंकमा पैसा झिक्न जान नागरिकलाई सहज भएको भण्डारीले बताए ।

नेपाल सरकारले दुई वर्षअघि देखी नै संघीय र प्रदेश लगाएतका सरकारी कार्यालयहरुमा इएफटी सेवा संचालन गरेको थियो । स्थानिय तहमा पनि यो सेवा संञ्चालन गर्दा नागरिकहरुले सहज र सरल किसिमले सेवा पाउन सकुन भन्ने उद्धेश्यले रामेछापका स्थानिय तहहरुमा पनि यो कार्यक्रम लागु गरिएको कोष तथा लेखा नियन्त्रक कार्यालय रामेछापका लेखापाल लक्ष्मण पोखरेलले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४