Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रामेछापको लुभुघाटमा बस दुर्घटनामा मृत्यु हुने सबै १३ जना मृतकको सनाखत


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, असार २२ २०७९
  • 2.1K
    SHARES

 

पुष्कर खड्का
रामेछाप ।रामेछापको सुनापति गाउँपालिका–५ लुभुघाटमा मंगलबार बिहान भएको बस दुर्घटना बाट ज्यान गुमाउने सबै १३जनाको सनाखत भएको छ ।

सुनापति गाउँपालिकाको केन्द्र हिलेदेवीबाट
बेथान हुँदै काठमाडौंतर्फ जादै गरेको बा ३ ख ८३९६ को बस लुभुघाटमा दुर्घटना हुँदा ९ जनाको घटनास्थलमै मृत्यु भएको र बाँकी ४ जनाको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।

घटनास्थलमा मृत्यु हुनेमा रामेछापको सुनापति गाउँपालिका-५ का ६० वर्षीय ठुला तामाङ, २२ वर्षीया विपना तामाङ, ३६ वर्षीया सन्जु आलेमगर, ३६ वर्षीय खड्कबहादुर विक, सुनापति गाउँपालिका ४ की २६ वर्षीया समृता तामाङ, काभ्रे रोशीका २५ वर्षीय कमल तामाङ, पाँचखाल नगरपालिका ८ का १८ वर्षीय सुदिप गजमेर, मण्डनदेउपुर गाउँपालिका ९ की ६० वर्षीया शुभलक्ष्मी मानन्धर र पाँचखाल नगरपालिकाका कुलबहादुर विक रहेका छन्

उपचारको क्रममा मृत्यु हुनेहरुमा सुनापति गाउँपालिका ५ का ४५ वर्षीय रामबहादुर श्रेष्ठ, सोही वडामा २४ वर्षीय बुद्ध तामाङ र ६० वर्षीया नेमा तामाङ र सिन्धुपाल्चोकको साँगाचोकगढी नगरपालिका ९ की ३५ वर्षीया धनमाया तामाङ रहेका छन् ।

दुर्घटनामा घाइते २३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको रामेछाप प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४