Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

दुर्घटना अपडेट: रामेछापको लुभुघाटमा बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुग्यो, ८ जनाको सनाखत


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, असार २१ २०७९
  • 2K
    SHARES

पुष्कर खड्का
रामेछाप ।रामेछापको सुनापाती गाउँपालिका लुभुघाटमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुगेको छ ।
सुनापति गाउँपालिका बेथानबाट काठमाडौ जाँदै गरेको बा ३ ख ८३९६ नम्बरको यात्रुबाहक बस अाज बिहान लुभुघाटमा दुर्घटना हुँदा ९ जनाको घटनास्थलमै मृत्यु भएको र उपचारका लागि लैजाँदै गर्दा बाटैमा २ जना र १ जनाको काभ्रेको धुलिखेल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रमुख नायव उपरीक्षक राजकुमार थिङले जानकारी दिनु भयो ।

उहाँले दिएको जानकारी अनुसार अस्पतालमा मृत्यु भएका ३ जना र घटनास्थलमै मृत्यु भएका १ जनाको सनाखत हुन सकेको छैन । मृत्यु भएकामध्ये ८ जनाको सनाखत भएको छ ।

दुर्घटनामा परी सुनापाती गाउँपालिका-५ की ६० वर्षीया तमरिता तामाङ, सोही ठाउँकी २२ वर्षकी विपना तामाङ, ३६ वर्षकी सञ्जु आलेमगर र ६० वर्षका खड्ग विक‚ सुनापाती-४ की ६० वर्षकी सन्दीपा तामाङ, काभ्रे मण्डनदेउपुर-९ की ६० वर्षीया शुभलक्ष्मी मानन्धर, रोशी गाउँपालिका-४ का वर्ष नखुलेका कमल तामाङ र सुदीप गजमेरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार दुर्घटनामा २६ भन्दा बढी घाइते भएका छन्। थप विवरण अाउन बाकी रहेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४