Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गठबन्धन टुटे देश दुर्घटनामा जान्छः उपसभापति गुरुङ


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, असार २१ २०७९
  • 2.3K
    SHARES

काठमाडौ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले गठबन्धन टुटे देश दुर्घटनातर्फ जाने दावी गुर्नुभएको छ ।

काठमाडौंमा नेपाल ट्रेड युनियन कांग्रेसले आज मंगलबार आयोजना गरेको पूर्वप्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोईरालाको शालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले गठबन्धनरुपी विमान आकाशमै रहेकोले सुरक्षित अवतरण नगरे दुर्घटनातर्फ जाने बताउनुभयो । आगमी मंसिरपछि मात्रै सम्भवतः गठबन्धनरुपी विमानले सुरक्षित अवतरण गर्ने उहाँले बताउनुभयो ।

उहाँले संविधानको रक्षा गर्नका लागि गठबन्धन सरकार बनेको र बीचबाटोमा पुगेर दलहरुले एकअर्काप्रति आरोप-प्रत्यारोप गर्नुनहुने बताउनुभयो । जहाजबाट प्यारासुट जम्प गर्दा दुर्घटना निम्तिने समेत उल्लेख गर्नुभयो । उपसभापति गुरुङले गठबन्धनै दलहरुले कांग्रेस इमान्दार भएन भनेर झगडा गर्दा संविधान नजोगिने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘स्थानीय निर्वाचनमा हामी पाँच दल एउटै जहाज चढ्यौं । जहाज उडिसकेको छ । आकाशामा छ । तर ल्याण्डिङ भएको छैन् । अब हामीले त्यो जहाजलाई सेफ ल्याण्डिङ कसरी गर्ने ? भनेर चिन्तन र चिन्ता गरिरहेको बेलामा त्यही जहाजभित्र बसेर साथीहरुले ङ्यारङ्यार ङुरङुर गर्न हुन्न भन्ने मेरो ठहर छ । जहाजलाई सेफ ल्याण्डिङ गर्नेपर्ने हाम्रो दायित्व छ । हामीले जहाजबाट प्यारासुट जम्प गर्नुपर्छ । तर खुट्टा भाँचिन्छ की भन्नेपनि हामीलाई त्रास छ । जम्प पनि गर्नुभएको छैन्, धेरै माथि उडेको छ । १० हजार, साँढे १० हजा फिट माथि उडिरहेको छ । अहिले जहाज । अब त्यसलाई सेफ ल्याण्डिङ गर्ने बेलामा कसैले कांग्रेस इमान्दार भएन भन्ने, अर्को दल इमान्दार भएन भनेर आकाशमा उडिरहेको जहाजमाथि हामीले झगडा सुरु गर्ने हो भने जहाजले सेफ ल्याण्डिङ गर्न सक्दैन । हाम्रो मिसन भनेको संविधान जोगाउने मिसन हो । हामीले जहाज ल्याण्डिङ नगर्दै एकले अर्कालाई आरोप प्रत्यारोप लगाउने हो भने हामी अपरिपक्व राजनीतिज्ञ हौं भन्नेकुरा हामी आफैँले प्रमाणित हुन्छ । हामी आउने मंसिरतिर सायद मलाई लाग्छ जहाज सेफ ल्याण्डिङ गर्नसक्छौं भन्ने विश्वास छ ।’

उपसभापति गुरुङले गठबन्धनभित्र नै एक दलले अर्को दललाई आरोप लगाउँदा अपरिपक्व राजनीतिज्ञले देश सञ्चालन गरेकाे पुष्टि हुने दावी गर्नुभयो । उहाँले सधैं देश गरीब बनाएर काम गर्नुनहुने भन्दै सरकार सञ्चालन कर्ताले मुलुक र व्यवस्थालाई समृद्धिसँग जोड्ने अर्जुनदृष्टि राख्न आवश्यक रहेको बताउनुभयो। व्यवस्था परिवर्तन गरेरपनि जनताको अवस्था परिवर्तन गर्न नसकेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४