Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अनुसन्धान गर्न अध्यागमनका कर्मचारी योग्य छैनन् : सांसद सिलवाल


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, असार २० २०७९
  • 3.8K
    SHARES

काठमाडौं । नेकपा (एमाले)का सांसद नवराज सिलवालले प्रविधिको प्रयोग गरेर अपराध गर्ने क्रियाकलापको अनुसन्धान गर्न अध्यागमनका कर्मचारी योग्य नरहेको बताउनुभएको छ ।

सोमबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद सिलवालले यस्तो बताउनुभएको हो । उहाँले राष्ट्रको सुरक्षामाथि खेलवाड गर्ने ढंगले एउटा निकायले गरिरहेको कामलाई हटाएर अरुलाई दिने कुरामा मिनी संसदले सहमति जनाउनु नहुने बताउनुभयो ।

सांसद सिलवालले अध्यागमनको अधिकार नेपाल प्रहरी बाहेक अरुलाई दिन नहुने बताउनुभयो । अध्यागमनमा आफ्नै कर्मचारीले गरेको घोटालाको छानविन त्यही निकायले गर्न नहुने भन्दै नेपाल प्रहरी नै अनुसन्धानको लागि सही विकल्प रहेको बताउनुभएको हो ।

सांसद सिलवालले नेपाल प्रहरीबाट खोसेर अर्को निकायलाई अध्यागमनको अधिकार दिनु भनेको नेपाल प्रहरीमाथिको भरोसा नहुनु भन्ने प्रमाणित गर्नु रहेको बताउनुभयो । उहाँले नेपाल प्रहरीमाथि भरोसा नभएको हो भन्दै गृहमन्त्री बालकृष्ण खाँणलाई प्रश्न गर्नुभयो ।

नेपाल प्रहरीलाई अनुसन्धानको अधिकारबाट हटाउने कुरामा आफ्नो विमति रहेको सांसद सिलवालले बताउनुभयो । अध्यागमनमा बदमासी रहेको भन्दै प्रणालीगत ढंगले संयन्त्र बलियो बनाउन आवश्यक रहेको उहाँको भनाइ छ ।

सांसद सिलवालले सरकारले अब महानगरीय प्रहरी सिस्टमको बारेमा सोच्न आवश्यक रहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४