Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

संशोधित ऐनले प्रदेश प्रहरीलाई सक्षम बनाउन सक्दैन : सांसद खतिवडा


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, असार २० २०७९
  • 4.1K
    SHARES

काठमाडौं । नेकपा (एमाले)का सांसद नारायण खतिवडाले प्रदेश प्रहरीको संशोधित ऐनले प्रदेश प्रहरीलाई सक्षम बनाउन नसक्ने बताउनुभएको छ ।

सोमबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद खतिवडाले यस्तो बताउनुभएको हो । उहाँले प्रदेश प्रहरीको अधिकारको बारेमा ऐन जारी गरिरहँदा प्रदेश प्रहरीकै अधिकार खोसिएको जस्तो स्थिति देखिएको बताउनुभयो ।

सांसद खतिवडाले सानो गाउँबस्तीमा र मात्रै कम जनसंख्या भएको ठाउँमा मात्रै प्रदेश प्रहरीले हेर्नसक्छ भन्ने संकुचित सोच राख्न नहुनेतर्फ सचेत गराउनुभयो । उहाँले संशोधित प्रदेश प्रहरी विधेयकले ठूलो र घनाबस्ती भएको ठाउँमा प्रदेश प्रहरीलाई सक्षमता प्रदान गर्दै छैनौँ कि भन्ने प्रश्न खडा भएको बताउनुभयो ।

सांसद खतिवडाले ठूला शहरमा प्रदेश प्रहरीको क्षमता विस्तार गर्न आवश्यक रहेको भन्दै प्रदेश प्रहरीलाई खण्ड–खण्डमा अधिकार दिनुको सट्टा यसको क्षमता वृद्धि गरेर आफ्नो कार्य क्षेत्रभित्र पर्ने भूगोललाई हेर्नसक्ने बनाउन आवश्यक रहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४