Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सर्वोच्चद्वारा महान्यायाधिवक्ता कार्यालयसँग जवाफ माग


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, असार १९ २०७९
  • 3.4K
    SHARES

काठमाडौं । सर्वोच्च अदालतले जिल्ला सरकारी वकिलको कार्यालय ललितपुरकी सहायक न्यायाधिवक्ता संगीता थोकरको मुद्दामा कारण देखाऊ आदेश जारी गरेको छ ।

न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले आइतबार (आज) सहायक न्यायाधिवक्ता थोकरलाई सरुवा गर्नुको कारण पेश गर्न महान्यायाधिवक्ता कार्यालयको नाममा आदेश जारी गरेको हो ।

यस्तै इजलासले रिट निवेदक थोकरको सरुवा नगरी ललितपुरमा राख्नुपर्ने माग रहेको भन्दै त्यसबारे अन्तरिम आदेश जारी हुने कि नहुने भनी छलफलका लागि दुवै पक्षलाई बोलाउने आदेश गरेको छ ।

असार १५ गते बलात्कारको मुद्दा कमजोर बनाउन नमानेको भन्दै महान्यायाधिवक्ता कार्यालयले आफूलाई सरूवा गरेको भन्दै सरकारी वकिलको कार्यालय ललितपुरमा कार्यरत थोकरले सर्वोच्चमा रिट निवेदन दर्ता गर्नुभएको थियो ।

थोकरलाई जिल्ला अदालत ललितपुरबाट बागमती प्रदेश सरकारको मुख्य न्यायाधिवक्ता कार्यालय हेटौंडामा सरुवा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४