Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बालबालिकाका लागि थप २३ लाख खोप काठमाडौं आइपुग्यो


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, असार १९ २०७९
  • 2.8K
    SHARES

काठमाडौं । ५ देखि ११ वर्षसम्मका बालबालिकाका लागि कोरोना भाइरसविरुद्धको करिब थप २३ लाख मात्रा फाइजर खोप काठमाडौं आइपुगेको छ ।

स्वास्थ्य सेवा विभाग आपूर्ति शाखाका प्रमुख डा. सुरेन्द्र चौरासियाले कोभ्याक्स सुविधामार्फत २२ लाख ९९ हजार २ सय मात्रा पेडियाट्रिक डोज खोप आइतबार आइपुगेको बताए ।

चौरासियाका अनुसार खोप अभियान सञ्चालन गरिएका २७ जिल्ला पहिलो मात्रा लगाउन छुटेका बालबालिकालाई सो खोप दिइनेछ । बाँकी दोस्रो मात्राका लागि राखिनेछ ।

यसभन्दा अगाडि कोभ्याक्स सुविधामार्फत २२ लाख ३ हजार २ सय मात्रा खोप नेपाल आएको थियो । ५ देखि ११ बर्षसम्मका ३९ लाख बालबालिकालाई ८४ लाख डोज कोभ्याक्स सुविधामार्फत नेपाललाई चार पटक गरी उपलब्ध गराउने छ ।

पहिलो मात्रा खोप लगाएका बालबालिकालाई आगामी साउन २ देखि ८ गतेसम्म दोस्रो मात्रा खोप दिइने मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बाँकी ५० वटा जिल्ला भदौ ५ देखि ११ गतेसम्म पहिलो मात्रा र भदौ २७ देखि असोज १ गतेसम्म दोस्रो मात्राको खोप दिने तयारी रहेको जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार देशैभरका विद्यालयमा खोप केन्द्र तोकी खोप कार्यक्रम सञ्चालन हुनेछ । यो खोप बालबालिकालाई ०.२ एमएलका दरले दुई डोज लगाउनुपर्छ ।

फाइजर खोपको पूर्ण रूपमा कायम गर्न अल्ट्रा कोल्डचेन (माइनस ४४ देखि माइनस ८० डिग्री सेल्सियस) तापक्रममा भण्डारण गर्नुपर्ने हुन्छ । फाइजरलाई माइनस १५ देखि माइनस २५ डिग्री सेल्सियसमा ३१ दिनसम्म मात्रै भण्डारण गर्न सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४