Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

जीपी कोइराला विश्व विद्यालयको स्थापना गर्नुपर्छ : मन्त्री बडू


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, असार १८ २०७९
  • 4.6K
    SHARES

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले गिरिजाप्रसाद कोइराला विश्व विद्यालय खोल्नुपर्ने बताउनुभएको छ ।

शनिबार स्व. नेता गिरिजाप्रसाद कोइरालाको ९९ औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बडूले नेपालमा गिरिजाप्रसाद कोइराला विश्व विद्यालय खोल्नुपर्ने बताउनुभएको हो ।

उहाँले अरु नेताहरुको नाममा विश्वविद्यालय रहेको उल्लेख गर्दै स्व. नेता कोइराला आदर्श र मूल्य मान्यताको प्रतिक भएकोले उनको नाममा जीपी कोइराला विश्व विद्यालयको स्थापना आवश्यक रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘अब एउटा जीपी कोइराला विश्व विद्यालयको स्थापना आवश्यक छ । विभिन्न नेताहरुको नाममा छन् । तर जीपी कोइराला एउटा मान्यता हो । एउटा आदर्श, मूल्य,मान्यताको प्रतिक पनि हो । त्यसकारण गिरिजाप्रसाद कोइरालाको नामबाट हामीले एउटा विश्व विद्यालय बनाउन आवश्यक छ । जसले उत्कृष्ट विश्वविद्यालयको रुपमा आफूलाई स्थापित गर्ने उद्देश्यकासाथ स्थापना गर्न सरकार अवश्य पनि सहयोग गर्छ । व्यक्तिगत रुपमा म आफू पनि सहयोग गर्छु ।’

मन्त्री बडूले उत्कृष्ट विश्वविद्यालयको रुपमा आफूलाई स्थापित गर्ने उद्देश्यकासाथ विश्व विद्यालय स्थापना हुनुपर्ने बताउनुभयो । उहाँले जीपी कोइराला विश्व विद्यालय स्थापनार्थ सरकार सहयोग गर्न तयार रहेको उद्घोष गर्नुभयो । मन्त्री बडूले गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा नै काठमाडौं विश्व विद्यालयको रुपमा पहिलो विश्व विद्यालय स्थापना गरेको र बहु विश्व विद्यालयको नीति अन्तर्गत खोलेका विश्व विद्यालयले आफ्नो प्रतिस्पर्धा परिणाममा देखाइरहेको बताउनुभयो ।

मन्त्री बडूले क्षमतासहितको प्रतिष्पर्धी, उत्कृष्ट, आदर्श र उद्देश्य राखेर जीपी कोइराला विश्व विद्यालय स्थापना गर्न सरकार सहयोगका लागि तयार रहेको प्रतिवद्धता जनाउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४