Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कर्णाली प्रदेश अस्पतालकाे एमआरआई खरिदमा ७ करोड बढी परेपछि…


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, असार १८ २०७९
  • 2.9K
    SHARES

काठमाडौं । कर्णाली प्रदेश अस्पतालले एमआरआई खरिदमा ७ करोड रुपैयाँ अनियमितता भएको आशंका गर्दै प्रदेशसभाको सार्वजनिक लेखा समितिले छानविन थालेको छ ।सिभिल सर्भिस अस्पताल काठमाडौंले २२ करोडमा खरिद गरेको एमआरआई उपकरण प्रदेश अस्पतालले २९ करोडमा किन्न लागेको पाइएको भन्दै लेखा समितिले छानविन थालेको हो ।

एउटै गुणस्तर र कम्पनीको एमआरआई उपकरण खरिदमा ७ करोड रुपैयाँ फरक परेपछि अनियमितता भएको हुन सक्ने समितिका अध्यक्ष करवीर शाहीले बताउनुभयो ।कर्णाली प्रदेश अस्पताल सुर्खेत र सिभिल अस्पताल काठमाडौंंले खरिद गर्ने निर्णय गरेका एमआरआई मेसिन एउटै कम्पनी र एउटै क्षमताका हुन् ।

यी दुवै अस्पतालले थ्री टेस्ला क्षमता भएको एमआरआई खरिदका लागी बोलपत्र स्वीकृत गरि प्रक्रिया अगाडि बढाएका छन् । तर, सिभिल अस्पताल भन्दा कर्णाली प्रदेश अस्पतालले खरिद गर्न लागेको उपकरणमा ७ करोड रुपैयाँ महंगो परेको छ ।

दुवैले इष्ट वेस्ट कन्सर्न प्रालिमार्फत मेसिन खरिद गर्न लागेका हुन् । सिभिल अस्पतालले २२ करोड ७४ लाख २२ हजार ८०० नेपाली रुपैयाँमा खरिद गर्ने निर्णय गरेर प्रक्रिया अगाडि बढाइसकेको छ ।

प्रदेश अस्पतालले भने २९ करोड ७१ लाख ६६ हजार ७९२ रुपैयाँमा खरिद गर्न कन्सर्नलाई जिम्मा दिएको छ । दुवै अस्पतालले उपकरणका लागि तयार पारेको स्पेसिफिकेसनमा अधिकांश विवरणहरू समान छन् ।

दुवै अस्पतालले साना र ठूला गरी ३०० भन्दा बढी बुँदामा स्पेसिफिकेसन बनाएका छन् । सिभिलले २५ वटा मुख्य विषयमा र प्रादेशिक अस्पतालले ३० वटा मुख्य विषयमा बुँदागत रूपमा स्पेसिफिकेसन बनाएका छन् । जसमा अधिकांश बुँदाहरू एक अर्कामा मेल खाने देखिन्छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४