Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्राकृतिक विपत्तिका घटनाको पूर्व सूचनासम्बन्धी टास्क फोर्स गठन


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, असार १६ २०७९
  • 2.5K
    SHARES

काठमाडौं । जलवायु परिवर्तन तथा विपद् व्यवस्थापनमा कार्यरत विभिन्न अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाका प्रतिनिधि सम्मिलित पूर्व सूचनासम्बन्धी विषयगत समिति गठन भएको छ ।

मनसुन शुरु भइसकेको र वर्षाको समयमा विभिन्न किसिमका प्राकृतिक विपद्का घटनाहरू हुने भएकोले जोखिम न्यूनिकरणका लागि बेलैमा पूर्व सूचना दिने उद्देश्यसहित १५ सदस्यीय टास्क फोर्स गठन भएको हो ।

प्रभावमा आधारित पूर्व सचना प्रणालीले प्राकृतिक विपद्जन्य घटनाबाट पुग्ने भौतिक तथा मानवीय क्षतिलाई न्यूनिकरण र जनधनको सुरक्षामा सहयोग पुर्‍याउने उद्देश्यसाथ पूर्व सूचनाको विषयगत समिति गठन भएको जलवायु तथा विपद् विज्ञ डा. धर्म उप्रेतीले जानकारी दिनुभयो ।

डा. उप्रेतीले विषयगत समितिलाई बिहीबार मनसुनजन्य प्रकृतिका घटनाले निम्त्याउनसक्ने समस्या र पूर्व तयारीका बारेमा प्रशिक्षण दिनुभएको थियो ।

टास्क फोर्सका संयोजकसमेत रहनुभएका डा. उप्रेतीले जलवायु परिवर्तन तथा विपद् व्यवस्थापनमा कार्यरत संस्थासँगको सहकार्यमा काम गर्दा पूर्व सूचना प्रणालीमा प्रभावकारी परिणाम आउने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले टास्क फोर्सले मनसुनजन्य सिजनमा निम्तनसक्ने प्राकृतिक जोखिमका घटनाबारे जन समुदायलाई पूर्व सूचीत गराउने प्रमुख उद्देश्य राखेको बताउनुभयो ।

नेपाल सरकारले आर्थिक वर्ष २०७९/०८० को लागि विपद् व्यवस्थापन अन्तर्गत प्रभावमा आधारित पूर्व सूचना प्रणालीका लागि १ अर्ब ६१ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४