Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रामेछापको गोठगाउँ गोगनेमा काँग्रेस उपसभापति धनराज गुरूङ सवार गाडी दुर्घटना


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, असार १६ २०७९
  • 5.5K
    SHARES

©पुष्कर खड्का

रामेछाप । रामेछापको गोठगाउँ गोगनेमा नेपाली काँग्रेसका केन्द्रीय उपसभापति धनराज गुरूङ सवार गाडी दुर्घटना भएको छ।

उपसभापति गुरूङसहित पाँच जना सवार बा १९ च १८३९ नम्बरको स्कार्पियो गाडी रामेछापको रामेछाप नगरपालिका वडा नं(१ गोठगाउँ गोगने स्थित पानी चौर भन्ने स्थानमा दुर्घटना भएको रामेछापका महाधिवेशन प्रतिनिधि रत्न कार्कीले जानकारी दिनु भयो ।

उहाँले दिएको जानकारी अनुसार नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य प्रदिप सुनुवारको श्रीमतीको निधन भएकोमा उहाँको परिवार जनप्रति समवेदना प्रकट गर्ने ओखलढुङ्गा खिजिदेम्बा गाउँपालिका खिजि फलाटे निजि निवासमा बुधबार पुगेर आज बिहिवार रामेछाप मन्थली तर्फ फर्किने क्रममा गाडी दुर्घटना भएको बताउनु भयो ।

स्कार्पियो गाडी सडक किनारबाट थोरै तल झरेको तर अगाडि ढुंगाको ओत लागेकाले ठूलो दुर्घटनाबाट जोगिएको उपसभापति गुरूङले सामाजिक संजाल फेस्बुक मार्फत जानकारी दिनुभएको छ । उहाँले आफू सहित सबै जना सवार सकुशल रहेको जानकारी गराउनुभएको छ ।

उहाँले सामाजिक संजाल फेस्बुक,ट्वीटरमा गाडीको फोटो राख्दै लेख्नुभएको छ, ‘ठूलो घटना हुनबाट जोगियो रामेछाप गोगनेमा हामी चढेको गाडी अचानक सडक किनारबाट तल गयो तर अगाडि ढुंगाको ओट लाग्न पुगेकाले ठूलो घटना हुनबाट जोगियो । भगवानको कृपाले हामी सबै सकुशल छौं ।’

गाडीमा सवार उपाध्यक्ष गुरुङसहित रामेछापका महाधिवेशन प्रतिनिधि रत्न कार्की, ललितपुर जिल्ला सदस्य सानुबाबु महर्जन लगायत पाँच जना थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४