Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

त्रिवि शिक्षण अस्पतालले स्वास्थ्य बीमाको कार्यक्रम नरोक्ने


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, असार १५ २०७९
  • 2.4K
    SHARES

काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ हस्पिटल) ले स्वास्थ्य बीमा कार्यक्रमलाई निरन्तरता दिने भएको छ ।

यसअघि सरकारबाट स्वास्थ्य बीमा कार्यक्रम मार्फत सरकारले उपलब्ध गराउनुपर्ने रकम नपाएको भन्दै अस्पतालले १५ असारदेखि स्थगित गर्ने निर्णय गरेको थियो ।

अस्पतालले बुधबार एक विज्ञप्ति जारी गर्दै १४ असार (हिजो) सम्म चलेको स्वास्थ्य बीमा कार्यक्रम १५ असारदेखि पनि निरन्तरता दिएको जनाएको छ ।

स्वास्थ्य बीमालाई निरन्तरता दिने निर्णय भएको अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले जन प्रहारलाई जानकारी दिए । अस्पताल प्रशासनका अनुसार सरकारले बीमामार्फत अस्पताललाई ८ करोड रुपैयाँ भन्दा बढी रकम तिर्न बाँकी छ ।

स्वास्थ्य बीमा बोर्डले समस्या यथाशीघ्र सम्बोधन गर्न बोर्डको बैठक र चिकित्सकसँग छलफल गरी समस्या समाधानको काम अघि बढिसकेको जानकारी दिँदै बोर्डले १४ असारमा त्रिवि शिक्षण अस्पताललाई पत्रचार गरी सेवा नरोक्न अनुरोध गरेको थियो ।

अस्पतालले दाबी गरेको बीमाको रकम सोधभर्ना पठाउने भन्दै बीमा बोर्डले पत्राचार गरेपछि अस्पतालले बीमा कार्यक्रमलाई निरन्तरता दिने गरेको अधिकारीले बताए ।

‘स्वास्थ्य बीमा बोर्डले भुक्तानी तत्काल गर्ने र हाम्रो सम्झौता अनुरुप नै भुक्तानी दिने भनेर पत्रचार भएपछि सेवालाई निरन्तरता दिन लागेका हौं,’ अधिकारीले भने ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४