Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

धानको उत्पादन बढाउन रोपाइँ देखिनै यी कुरामा ध्यान दिनुस्


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, असार १५ २०७९
  • 2.3K
    SHARES

विराटनगर । धान विज्ञहरूले असार १५ लाई उत्पादनसँग जोडेर लग्नु पर्ने सुझाव दिएका छन् । हामी असार १५ लाई धेरै वर्ष देखि धान दिवसको रूपमा मनाउँदै आएको भएपनि उत्पादनमा सुधार हुन नसक्नु र आयात मै आश्रित हुनुपर्ने खालका कुराले आत्म निर्भर बन्नको लागि पनि रोपाइँदेखि नै प्राविधिक कुरामा ध्यान दिन सुझाव दिएका हुन् ।

आज देशका धेरै ठाउँमा धान दिवसको अवसरमा महोत्सवहरू र कार्यक्रमहरू आयोजना भइरहेको छन् । धानसँग जोडिएका विज्ञ, किसान, अभियान्ताहरु धान दिवसको अवसर पारेर अभियानमा जुटी रहँदा केही प्राविधिक कुरामा ध्यान दिनु पर्ने धानविज्ञ डा. राजेन्द्र उप्रेतीले बताए ।

धान दिवस मनाई रहँदा भुल्न नहुने कुरा भनेको धानको उत्पादकत्वमा वृद्धि गर्ने र धान उत्पादनको स्तर वृद्धि गर्ने तर्फ केन्द्रित हुनु पर्नेमा जोड दिए । ‘हामी धानमा आत्मनिर्भर हुनु पर्ने थियो त्यो भइरहेको छैन,’ डा. उप्रेतीले भने, ‘हामीले उत्पादन गर्ने धान र बाली प्रणालीमा केही सुधार गरेर जानुपर्छ ।’

अब धान उत्पादनसँग जोडिएर जाँदा धानको उत्पादन दिने खालको राम्रा भेराईटी, बाली प्रणालीमा फिट हुने भेराईटी, बजारमा उपभोक्ताले माग गरेको भेराईटीलाई फैलाएर जानु पर्ने उनको सुझाव छ । अहिले देखि नै धानका नयाँ भेराईटी र उत्पादन वृद्धि हुने खालका बिउँमा ख्याल नगर्ने हो भने आत्म निर्भर हुन निक्कै सकस हुने पनि उनको विश्लेषण छ ।

डा. उप्रेतीका अनुसार, राष्ट्रिय धन दिवस मनाई रहँदा कुन जातको धानको बिउ बजारमा माग छ, कुन बाली लगाउँदा राम्रो उत्पादन हुन्छ, धान पछि आउने बाली लगाउन कतिको सहज छ, चाँडो उत्पादन दिने खालको जात हो की हैन भनेर ध्यान दिनु पर्छ । धानको अभिवृद्धिमा लागि अहिले असार १५ देखि नै केन्द्रित गरेर जाने हो भोलिको उत्पादनमा केही श्रीवृद्धि गर्न सकिन्छ । रोपाई प्रणाली र व्यवस्थापन प्रणालीमा अलि अलि मात्र ध्यान दिने हो भने पनि धेरै फाइदा लिन सकिने उनको सुझाव छ ।

त्यसको लागि कलिलो बिरुवा रोप्ने, एक गाँजका लागि थोरै (३ देखि ४ वटा) बिरुवा रोप्ने, दुरी कायम गर्ने, पानी जमाएर नराख्ने, पानी सुकाउँदै लगाउँदै गर्ने हो भने गाँजको विकास हुन्छ, जरा फैलिएर जान्छ । मल दिँदा कम्पोस्टको बढी प्रयोग गर्ने, रसायनिक मल थोरै मात्रामा प्रयोग गर्न सकिन्छ, हरियो मल र लेग्युन्सका कुरा त्यसमा ध्यान दिनुपर्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४