काठमाडाैँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्काे आकस्मिक बैठक बाेलाएका छन् । बैठक दिउँसाे ३ बजे प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा बस्ने एक मन्त्रीले बताएका छन् ।
बैठकमा नियमित एजेन्डाबारे छलफल हुने बताइएकाे छ ।
सत्ता साझेदार दल नेकपा (एकीकृत) समाजवादीका ४ नयाँ मन्त्रीहरूले आजकाे बैठकमा पहिलाे सहभागिता जनाउँदैछन् ।
