काठमाडाैँ । लोकदोहोरी गायिका दिलमाया सुनारको परिवारले सूर्य श्रेष्ठविरुद्ध कर्तव्य ज्यानसम्बन्धी कसुरमा जाहेरी दिएका छन् ।
आइतबार साँझ सुर्खेतबाट काठमाडौँ आइपुगेका दिलमायाका बुबा केशर वि.क.ले प्रहरी वृत्त बालाजुमा किटानी जाहेरी दिएका हुन् ।
दिलमाया सुनार काठमाडौँको बानियाँटारस्थित आफ्नै कोठामा शनिबार मृत भेटिएकी थिइन् । उनको शव परीक्षणका लागि शिक्षण अस्पताल महाराजगन्जमा राखिएको छ ।
पक्राउ परेका श्रेष्ठविरुद्ध जाहेरी परेको बालाजु वृत्तका डिएसपी गौतम मिश्रले पुष्टि गरे ।
