Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सभापति रवि लामिछानेको कर्तुतले एमालेका विष्णु पौडेल चकित


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, असार १२ २०७९
  • 9.6K
    SHARES

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ‘द लिडर’ नामक कार्यक्रम गर्ने भनेर रकम उठाएर ठगी गरेको खुलासा भएपछि तनावमा परेका छन् ।

पूर्वसञ्चारकर्मी लामिछानेले “द लिडर “नामक कार्यक्रम गर्ने भनेर रजिष्ट्रेसन शुल्क वापत १ हजारका दरले उठाएका थिए । लामिछाने सोही कार्यक्रमका नाममा ठगी गरेको कुरा बाहिरिएपछि सभापति लामिछानेले रकम फिर्ता गर्न पहल गर्ने आश्वासन दिएका छन् । लामिछानेले ३०९ जनाको पैसा फिर्ता गरेका छैनन् ।

काठमाडौंमा शुक्रबार भएको पत्रकार सम्मेलनमा सभापति रवि लामिछानेले रजिष्ट्रेसन गरेका आकांक्षीको पैसा फिर्ता दिनु आफ्नो नैतिक दायित्व भएको बताएका छन् । द लिडर कार्यक्रमका लागि ११९२ जनाले रजिष्ट्रेसन गरेका थिए । ८८३ जनाले पैसा फिर्ता लिइसकेको लामिछानेले दाबी गरेका छन् ।

लामिछानेले २०७६ मंसिर २६ गते द लिडर कार्यक्रम घोषणा गरेका थिए ।

लामिछानेले द लिडरका विजेतालाई काठमाडौंमा अपार्टमेन्ट, गाडी र २० लाख रूपियाँ नगद पुरस्कार दिने भनिएको थियो । कार्यक्रममा बाबुराम भट्टराई, सुशीला कार्की, रवीन्द्र मिश्र, प्रदीप गिरी र प्रदीप नेपाल निर्णायक थिए । कार्यक्रमलाई न्युज २४ टेलिभिजन, रमाइलो टिभी एचडी र गुन्द्रुक एपबाट प्रसारण हुने भनिएको थियो । लामिछानेले न्युज २४ छाडेर ग्यालेक्सी फोरके टेलिभिजन खोलेपछि कार्यक्रम त्यहीँ प्रसारण हुने अपेक्षा गरिएको थियो । लामिछानेले कार्यक्रम प्रशारण गरेनन् ।

कार्यक्रम उत्पादक एसआरबिएन मिडियाका प्रमुख कार्यकारी विपिनकुमार आचार्य पनि लामिछानेको टिममै थिए । लामिछाने ग्यालेक्सी फोरके गएपछि उनी पनि त्यहीँ गएका थिए । आचार्य अहिले ग्यालेक्सी फोरकेमै क्रियटिभ डाइरेक्टर छन् ।

कार्यक्रम गर्छु भनेर पहिला सर्वसाधारण प्रलोभनमा पारेर रकम उठाउने । पछि कार्यक्रम नगरेर ठगी गर्ने लामिछानको हर्कतले ठगिएका हजारौँ सर्वसाधारण चिन्तित बनेका छन् । अनुशासन, नियम, कानून र संविधानको कुरा गर्ने लामिछानेले द लिडर कार्यक्रममा नाममा ठगी गरेका छन् । विवादमा परेपछि लामिछानेले पैसा फिर्ता गर्ने भनेर पन्छिन खोजेका छन् ।

बालुवाटार जग्गा काण्डमा एमालेका उपाध्यक्ष एवम् पूर्वमन्त्री विष्णु पौडेल विवादमा परेका थिए । कारबाहीमा पर्ने डरले त्यो जग्गा पौडेलले सरकारका नाममा फिर्ता गरेका थिए । एमालेका नेता पौडेलको त्यस बेला आलोचना गरेका सभापति लामिछाने आफै त्यस्तै काण्डमा परेका छन् । कारबाहीबाट बच्न लामिछानेले पैसा फिर्ताको फण्डा गरेका छन् ।

पूर्वसञ्चारकर्मी लामिछानेका धेरै काण्ड छन् । त्यस बेला लामिछाने सञ्चारकर्मी रहेकाले डरले पीडितहरू डरले बोल्न सकेका थिएनन् । अब लामिछानेका कर्तुतहरू पीडितहरूले क्रमशः भण्डाफोर गर्न थालेका छन् ।

लामिछानेले कहाँ–कहाँ ? को–कोसँग के–के ? विषयमा बार्गेनिङ गरेका थिए ती सबै कुरा क्रमशः बाहिर आउने टिप्पणी हुन थालेका छन् । लामिछानेले आफ्नो ससुरा उद्धव पौडेलका बारेमा कुनै पनि कुरा बाहिर ल्याएनन् । उद्धव पौडेल राप्रपाका नेता हुन् । उनी गोपीकृष्ण मुभिजका मालिक र ओम अस्पतालका पनि मालिक हुन् । ओम अस्पतालको विवादका बारेमा समाचार नदिएर ससुरालाई बचाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४