Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गोदावरी नगरपालिकाको बजेट दुई अर्ब ३७ करोड


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, असार ११ २०७९
  • 4.4K
    SHARES

 काठमाडौं । गोदावरी नगरपालिकाले पूर्वाधार विकास, स्वास्थ्य, शिक्षालगायतलाई प्राथमिकता दिएर दुई अर्ब ३७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

शुक्रबार नगरपालिकाको ११औँ नगरसभामा नगरपालिकाका उपप्रमुख मुना अधिकारीले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/८० को बजेट तथा कार्यक्रममा पूर्वाधारमा ३५ करोड बजेट विनियोजन गरिएको छ ।

यस्तै प्रशासनिक खर्च ३० करोड तथा शिक्षातर्फ पाँच करोड र स्वास्थ्यतर्फ तीन करोड रुपैयाँ विनियोजन गरिएको छ । कृषिमा एक करोड ५० लाख, विपद् व्यवस्थापनमा एक करोड ९० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

मर्मत खर्च तीन करोड, टेक्निकल कलेज निर्माणमा चार करोड, ठेचो छम्पी खर्सी पुलका लागि चार करोड, खानेपानीमा चार करोड फोहोर व्यवस्थापनका लागि दुई करोड, सम्पदा पोखरी संरक्षणमा तीन करोड रुपैयाँ विनियोजन गरिएको छ ।

नीति तथा कार्यक्रमले कृषि, पर्यटन, उद्योगको एकीकृत विकास गर्दै समुन्नत र हरित सहरको निर्माण गरी सुखी/खुसी नगरका रुपमा विकास गर्ने लक्ष्य लिएको छ । आर्थिक, सामाजिक, पूर्वाधार, वातावरण तथा विपद् व्यवस्थापनलाई प्राथमिकता दिएको नीति कार्यक्रमले कृषि क्षेत्र र पर्यटन क्षेत्रको विकास तथा विस्तार एवं व्यवसायीकरण गर्ने उद्देश्य लिएको छ ।

विद्यालय शिक्षालाई अझ गुणस्तरीय र नतिजामुखी बनाउने, नगरपालिका क्षेत्रमा आधारभूत सहरी पूर्वाधार विकास गरी सम्मुन्नत नगरका रुपमा विकास गर्ने, नगरक्षेत्रमा आन्तरिक स्रोत, साधन, अवसर र क्षमताको उच्चतम् उपयोग गरी आर्थिक वृद्धि तथा आर्थिक विकास गर्ने र नगरपालिकाको सार्वजनिक सेवा प्रवाहलाई गुणस्तरीय बनाइ नगरमा सुशासन प्रवर्द्धन गर्ने भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४