Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

राजधानीका यी क्षेत्रमा भेटिए हैजाका जीवाणु, महामारीकै रुपमा फैलनसक्ने चेतावनी


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, असार ११ २०७९
  • 2.4K
    SHARES

काठमाडौँ । काठमाडौँ उपत्यकाभित्र हैजाको प्रकोप बढिरहेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार शुक्रबार साँझसम्म ८ जनामा हैजा पुष्टि भएको छ ।

हैजा पुष्टि भएका बिरामी बागबजार, डिल्लीबजार, घट्टेकुलो, बूढानीलकण्ठ, कपन, सानेपा, बालाजु, बल्खु र थानकोट क्षेत्रका रहेको टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालकी निर्देशक डा. मनीषा रावलले बताइन् । ‘अब उपत्यकामा हैजा ‘आउटब्रेक’ हुने स्थिति भइसक्यो,’ उनले भनिन्, ‘यसैगरी हैजा बढ्दै जाने हो भने डरलाग्दो स्थिति आउन सक्नेतर्फ सचेत हुनुपर्छ ।

अहिले अस्पतालमा ८ जना भर्ना भएका छन् । हैजा १० जना बिरामीमध्ये एक जनामात्रै जटिल अवस्थामा पुग्छन् भन्ने मानिन्छ । त्यसरी हेर्दा अहिले नै काठमाडौं उपत्यकामा सयभन्दा बढी हैजाको संक्रमित भइसकेको जनस्वास्थ्यविद्हरुको अनुमान छ ।

संक्रमणको स्रोत पत्ता नलाग्नु वा धेरै स्थानमा हैजाका बिरामीका देखा पर्नु हैजा महामारीकै रुपमा फैलनसक्ने पूर्वसंकेत भएको महाशाखाका निर्देशक डा. चुम्मनलाल दासको बुझाइ छ । ‘हैजाको संक्रमणको स्रोतमा अझैसम्म पनि पुग्न सकिएको छैन । त्यो स्रोत एकिन गर्न सकिएको भए रोकथाम तथा नियन्त्रण गर्न सकिन्थ्यो होला,’ डा. दासले भने, द्धदिनहुँ नयाँ-नयाँ स्थानमा हैजा फैलिरहेको छ, जसले महामारीको रुप लिन समय लाग्दैन ।’

ठाउँ ठाउँमा हैजा भेटिएपछि सरकार गम्भीर

सरकारले काठमाडौँ महानगरसहित विश्व स्वास्थ्य संगठन र यूनिसेफलाइ हैजा नियन्त्रणमा सहकार्यका लागि आग्रह गरेको छ । हैजा फैलिएका स्थानीय तहबाटै सचेतनामूलक कार्यक्रम गर्न भनिए पनि पूणर्रूपमा फोहोर व्यवस्थापन नभइसकेको र पानीको अपर्याप्तता रहेको काठमाडौँमा हैजा नियन्त्रण चुनौतीपूर्ण हुने देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४