Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

महिलाको विवाह १८ वर्षको उमेरमा गर्नु अनुपयुक्त : सांसद राई


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, असार १० २०७९
  • 2.4K
    SHARES

काठमाडौं । राष्ट्रिय सभा सांसद डा. विमला राई पौड्यालले महिलाको विवाह १८ वर्षको उमेरमा गर्नु अनुपयुक्त हुने बताउनुभएको छ ।

शुक्रबार राष्ट्रिय सभाको बैठकमा विशेष समयमा बोल्दै सांसद पौड्यालले महिलाको विवाह गर्ने उमेर १८ वर्षमा झार्नु अनुपयुक्त भएको बताउनुभएको हो ।

उहाँले शारीरिक, मानसिक र परिपक्वताको दृष्टिले पहिलोपल्ट आमा हुने उचित समय २० देखि ३० वर्ष भएकाले नेपालमा विवाहको उमेर २० वर्ष बनाइएको उल्लेख गर्नुभयो ।

उहाँले महिलाको विवाह गर्ने उमेर २० वर्ष पु¥याएसँगै नेपालमा मातृ मृत्युदर घटेको पनि बताउनुभयो । सांसद पौड्यालले कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोईराला) ले विवाह गर्ने उमेर घटाउनका लागि पैरवी गरिरहेको भन्दै त्यसप्रति आपत्ति प्रकट गर्नुभयो ।

उहाँले महिलाको विवाहयोग्य उमेरको सम्बन्धमा राष्ट्रिय वहस हुनुपर्ने बताउनुभयो । उहाँले कानून मन्त्रीलाई महिलाको स्वास्थ्य र जीवनप्रति खेलवाड गर्ने अधिकार नभएको बताउनुभयो ।

उहाँले दिगो विकास लक्ष्यमा नेपालले सन् २०३० सम्ममा मातृ मृत्युदर घटाएर १ लाखमा ७० जना महिलाभन्दा कममा लैजाने प्रतिवद्धता गरिएको भन्दै यसका लागि विवाह गर्ने उमेर बढाएर २० वर्ष पुर्‍याइएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४