Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रहरी महानिरीक्षक सिंहद्वारा प्रहरी प्रशिक्षण प्रतिष्ठानको निरीक्षण भ्रमण


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, असार १० २०७९
  • 3.9K
    SHARES

काठमाडौँ । प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको निरीक्षण भ्रमण गरेका छन् ।

भ्रमणका क्रममा उनले प्रतिष्ठानस्थित आन्तरिक कक्षा कोठा, प्रशिक्षार्थी व्यारेक, मेस, पुस्तकालयका साथै प्रहरी निरीक्षक आधारभूत तालिमका प्रशिक्षार्थीको कवाज एवं प्रतिष्ठान परिसरमा अवस्थित अपराध अनुसन्धान विद्यालयकोसमेत निरीक्षण गरेका छन् ।

निरीक्षणपश्चात्  प्रहरी महानिरीक्षक सिंहले प्रतिष्ठान परिसरमा वृक्षरोपणसमेत गरेका छन् । निरीक्षणपश्चात् आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक सिंहले नेपाल प्रहरी शिक्षालय भरतपुर, काठमाडौँ उपत्यका प्रहरी शिक्षालय महाराजगञ्ज, नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाह नवलपरासी र सातै प्रदेश प्रहरी तालिम केन्द्रका प्रतिनिधिलाई प्रहरी सहायक निरीक्षक र प्रहरी जवान आधारभूत तालिमको प्रशिक्षण म्यानुअल हस्तान्तरण गरेका छन् ।

उनले प्रशिक्षार्थीलाई तालिमप्रति उत्प्रेरित गर्न प्रशिक्षण वातावरण, प्रशिक्षार्थीले पाउने सुविधा, प्रशिक्षण सामग्रीको उपलब्धता, प्रशिक्षार्थीप्रतिको व्यवहारलगायत तत्व हुनुपर्ने उल्लेख गर्दै प्रशिक्षणमैत्री वातावरण बनाउन प्रतिष्ठान केन्द्रित हुनुपर्नेमा जोड दिए ।

समारोहमा प्रहरी महानिरीक्षक सिंहले प्रतिष्ठान परिसरमा उच्चस्तरको अनुशासन प्रस्तुत गर्न निर्देशन दिए।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४