Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रहरीमा नयाँ इतिहास, एकैपटक चार महिला एसएसपी डीआईजीमा बढुवा सिफारिस


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, असार ९ २०७९
  • 8.9K
    SHARES

काठमाडौँ । नेपाल प्रहरीका १७ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रहरी नायब महानिरीक्षक (डीआईजी) पदमा बढुवा सिफारिस भएका छन् । बुधबार बसेको बढुवा सिफारिस समितिले लामो समयदेखि रिक्त रहेको डिआइजी पदको लागि बढुवा सिफारिस गर्ने निर्णय गरेको हो ।

बढुवाको पहिलो नम्बरमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख वसन्तबहादुर कुँवर परेका छन् । दोस्रो नम्बरमा मानव बेचबिखन अनुसन्धान ब्युरो प्रमुख टेकप्रसाद राई, तेस्रोमा कार्यविभाका अशोक सिंह, चौथोमा मानवस्रोत विकास विभाग, वृत्ति विकास महाशाखाका दीपक थापा र पाँचौँमा विपद् व्यवस्थापन कार्यालय सामाखुसीका श्यामलाल ज्ञवालीको बढुवा सिफारिस भएको हो ।

किरण बज्राचार्य, सन्दीप भण्डारी, सुदीप गिरी, मीरा चौधरी, टेक प्रसाद तामाङ, उमेशराज जोशी, भीम प्रसाद ढकाल, रामदत्त जोशी, पोषराज पोखरेल, बुद्धिराज गुरुङ, दुर्गा सिंह र किरण राणा छन् ।

हेर्नुहोस् सूची :-

नयाँ इतिहास
बढुवा समितिको बैठक चार जना महिलालाई एकैपटक एसएसपीबाट डीआईजी बढुवामा सिफारिस गरेसँगै नयाँ इतिहास बनेको छ । ०५१ सालमा प्रहरी निरीक्षकमा भर्ना भएका किरण बज्राचार्य, मीरा चौधरी, दुर्गा सिंह र किरण राना चारैजना डीआईजी बढुवा सिफारिसमा परेका हुन् ।

उनीहरू चारैजनाको आईजीपी बन्ने सम्भावना कायम छ । प्रहरीमा हालसम्म एकैपटक दुईजना महिला अधिकृत मात्र डीआईजी बनेका छन् । यसअघि, पार्वती थापा र विमला थापा एकसाथ डीआईजी भएका थिए । अहिले चारजना डीआईजी सिफारिस भएसँगै प्रहरीमा नयाँ इतिहास बनेको हो । अहिले पूजा सिंह अहिले एआईजी छन् भने प्रहरीमा हालसम्म महिला आईजीपी नियुक्त भएका छैनन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४