Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बागबजारको धारामा भेटियो दिसामा पाइने जीवाणु


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, असार ८ २०७९
  • 2.5K
    SHARES

काठमाडौं । हैजा देखिएका काठमाडौंको बागबजारका दिदीबहिनीमा धारा र ट्युवबेलको पानीबाट हैजा संक्रमण भएको पुष्टि भएको छ ।

स्वास्थ्य विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुम्मनलाल दासका अनुसार उनीहरुले पिउने पानीको नमुना परीक्षण गर्दा इकोली र कोलीफर्म नामक जीवाणु भेटिएको छ । इकोली र कोलीफर्म मानिसको दिसामा रहने संक्रामक जिवाणु हो ।

‘धारा र ट्युवबेलबाट आएको पानीको नुमना परीक्षण गरेका थियौं । रिर्पोटमा घातक जीवणु कोलोफर्म र इकोली नै भेटियो,’ डा. दासले जन प्रहारसँग भने । हैजा देखिएका अन्य क्षेत्रको पनि पानीको नमुना परीक्षण भइरहेको उनले जानकारी दिए ।

महाशाखाका अनुसार अहिलेसम्म ५ जनामा हैजा पुष्टि भइसकेको छ । बुधबार डिल्लीबजारमा हैजाको नयाँ केस पुष्टि भएको छ । ‘बागबजार तथा अन्य हैजा देखिएको ठाउँका मानिसलाई अलर्ट गरिसकेको छौं । पानी उमालेर मात्रै खानु भनेका छौं,’ डा. दासले भने, ‘केसहरु एक ठाउँमा मात्रै छैन । ठाउँ–ठाउँमा देखिएको छ । अब आउटब्रेक हुनसक्छ ।’चिकित्सकका अनुसार दिसामा पाइने जीवाणु कोलीफर्म तथा इकोली भएको पानी पिउँदा मान्छेको स्वास्थ्यमा गम्भीर असर पर्ने देखिन्छ । दिसामा पाइने जीवाणुले आउँ, झाडापखाला, जण्डिस लगायतका समस्या देखा पर्नुका साथै मिर्गौला तथा कलेजोमा पनि असर गर्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४