Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मिटरब्याजी पीडितको बिलौना- ‘२५ कट्टा जमिनको मालिक भूमिहीन भएँ, १ लाख ऋणको ३० लाख मागे’


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, असार ६ २०७९
  • 4.7K
    SHARES

काठमाडौँ । माइतीघरको सडकमा राम सुरत गुप्ता र उनका केही सहयोगीहरू धर्ना दिएर बसेका छन् । चिसो भुईँ, खाली खुट्टा, सुकेका ओठ र फुस्रा आँखा लिएर एउटा समूह नै राम सुरतलाई साथ दिन धर्ना बसेका छन् ।

उनीहरूको साथ राम सुरतलाई किन पनि छ भने राम सुरत र त्यहाँ साथ दिने समूहले भोगेको कथा फरक छैन । उनीहरूको माग र विद्रोह फरक छैन ।

यी समूह नवलपरासी जिल्लाको सुस्ता र प्रतापपुर गाउँपालिकाबाट आएका हुन् । त्यही सुस्ताका अर्का व्यक्ति धर्नामा छन्, जसको नाम हो सत्यनारायण चमार । सत्य नारायण किन सुस्तादेखि माइतीघरमा धर्ना र राम सुरतलाई साथ दिन आए भन्ने कथा विसं २०६६ देखि सुरु हुन्छ ।

सत्यनारायण चमारले विसं २०६६ माघ १० गते गाउँकै साहु जगदीश बानियाँसँग आफ्नो लालपुर्जा धितो राखेर १ लाख २३ हजार रुपैयाँ ऋण लिए । गरिबीले घर धान्नै नसकिने भएपछि उनले केही बस्तुभाउ किनेर पाल्ने भन्दै ऋण लिएका उनले साहुलाई मासिक १५ हजार रुपैयाँ ब्याज सहित सावाको रकम पनि बुझाउँदै गए ।

त्यसो गर्दैजाँदा विसं २०६७ फागुन महिनासम्ममा ५ लाख रुपैयाँभन्दा बढी रकम बुझाएको तर उनलाई अझै साहुले पैसा मागिरहेको बताउँछन् सत्य नारायण । त्यतिमात्रै होइन ऋण तिरिसक्दा पनि सत्य नारायणले लालपुर्जा फिर्ता पाएका छैनन् ।

राम सुरतसँग पनि सोही घटना घट्यो । उनले सुनाए, ‘हामीलाई आवश्यकता परेको बेलामा साहुले पैसा दिए त्यो ठिक छ । जब हामीले साहुलाई पटकपटक रकम बुझायौँ त्यसपछि पनि उनले हामीलाई एक लाख रुपैयाँ ऋणको २० लाखदेखि ३० लाख रुपैयाँसम्म असुल गरे त्यसपछि हाम्रो बिचल्ली भयो । साहु अझै पैसा मागिरहेका छन् । कति ऋणीको त सम्पत्ति नै बेचिदिएका छन् । अझै हामीले पैसा तिर्नै बाँकी छ भन्छन् । उनलाई हामीले ऋण तिरिसकेको प्रमाण हुँदा पनि केही गर्न सकेका छैनौँ । न अब हाम्रो जग्गा जमिन छ, न त ऋण नै सकिएको छ । अब हामी सुकुम्वासी भएका छौँ । राज्यले हाम्रो साहुलाई पक्राउ गरेर कारबाही गर्नुपर्छ । अड्डा अदालत धाउन, मुद्दा मामिला गर्न हामीसँग पैसा छैन । हामी मुद्दा लड्ने हैसियत नै राख्दैनौँ ।’

ऋणीहरूबाट मिटर ब्याजबाट उठाएको एक अर्बभन्दा बढी रकमलाई सुनिल बानियाँ, सुरेश बानियाँ, सुजित बानियाँ र जगदीश बानियाँले नेपालमा हिसाबकिताब देखाउन नसक्ने भएकाले भारतको सहारा बैङ्कमा पैसा जम्मा गरेको दाबी गर्छन् राम सुरत । उनी भन्छन्, ‘उनीहरूलाई कसले कारबाही गर्नु र नेपाल र भारत दुई देशको नागरिकता लिएर बसेका छन् ।’

राम सुरतकै छेउमा रहेका अर्का व्यक्तिले थपे, ‘मैले २५ कट्टा जमिन धितो राखेर डेढ लाख रुपैयाँ ऋण लिएको थिएँ । अहिले उनको त्यो जग्गा जगदीशले अरू नै व्यक्तिलाई बेचिसकेका छन् । म अब भूमिहीन छु । हो, हामीले साहुबाट जम्मा हिसाब गर्ने हो भने ४० लाख जति ऋण लिएका छौँ तर त्यही पैसाको एक वर्षमा नै सावा र ब्याज भन्दै साहुले अर्बौं रुपैयाँ असुल गरिसक्यो । अझै हाम्रो धरौटी फिर्ता गर्दैन । अब राज्यले त्यो मिटरब्याजी साहुलाई गिरफ्तार गरेर कठघरामा नल्याएसम्म हामी धर्ना बसिरहन्छौँ । चाहे जेसुकै होस् । हामीलाई धितो राखेबापतको हाम्रो जमिन, घर र सम्पत्ति राज्यले फिर्ता ल्याइदिनुपर्छ । किनभने यो अब हामी भूमिविहीनहरूको मुद्दा भइसकेको छ । अपराध गर्ने खुल्ला हिँडिरहेका छन् हामी सडकमा आयौँ अब राज्यले के गर्छ हेर्छौं ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४