Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

२९ करोडमा बनेको होल्डिङ सेन्टर किन भएन हस्तान्तरण ?


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, असार ६ २०७९
  • 8.1K
    SHARES

विराटनगर । गत पुस २९ गते प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राई आफू मुख्यमन्त्री भएपछि पहिलो पटक रानीमा निर्माण भएको होल्डिङ सेन्टरमा पुगेका थिए । उनी त्यहाँ पुग्दा धमाधम निर्माणको काम हुँदै थियो । उनले त्यहाँ पुगेर निर्देशन दिनसम्म भ्याए ‘अब ४ दिन भित्र होल्डिङ सेन्टर सञ्चालनमा ल्याउनू ।’

निर्माण पूरा नै नभएको ‘होल्डिङ सेन्टर सञ्चालनमा ल्याउनू’ भन्ने उनको त्यो भनाई सञ्चारमाध्यमसम्म ठाउँ दिए, त्यसपछि काम निरन्तर चल्दै गयो । उनले भनेको जस्तो ४ दिनमै सञ्चालनमा त आएन अहिले पनि ठेकेदारबाट निर्माण पूरा भएर नेपाली सेनाले आफ्नो स्वामित्वमा लिएको छैन । निर्माण पूरा नहुँदासम्म नेपाली सेना पनि त्यो ग्रहण गरेर प्रदेश सरकारलाई बुझाउने चरणमा पुगेको छैन ।

पाँच महिना पछि
मुख्यमन्त्री राजेन्द्रकुमार राईले (पुस २९) आगामी चार दिनभित्रमा विराटनगर जुटमिलभित्र निर्माणाधीन होल्डिङ्ग सेन्टर सञ्चालनमा ल्याउने दाबी गरेका थिए । मुख्यमन्त्रीले बाचा गरेको ५ महिना पछि त्यो होल्डिङ सेन्टरमा पुग्दा आइतबार केही नेपाली सेनाका जवान र कर्मचारी सुरक्षाका लागि बसेका थिए ।

निर्माण पूरा भएको जस्तो देखिएपनि त्यो नेपाली सेनाले पूर्ण निरीक्षण गरेर प्रदेश सरकारलाई हस्तान्तरण गरिसकेको छैन । त्यहाँ लगाउनुपर्ने अक्सिजन प्लान्ट निर्माणको काम पूरा हुन बाँकी रहेको कारण अझै केही दिन निर्माण भएको संरचना नेपाली सेनालाई ठेकेदारले हस्तान्तरण गरेपछि मात्र नेपाली सेनाले प्रदेश सरकारलाई हस्तान्तरण गर्नेछ ।

विराटनगर जुटमिल क्षेत्र भित्र २८ करोड ९० लाखको लागतमा एक हजार क्षमताको होल्डिङ सेन्टर निर्माण भएको छ। भदौमा नै निर्माण पूरा हुनुपर्ने होल्डिङ सेन्टर असार लागिसक्दा पनि अझै पूरा भएर हस्तान्तरणको प्रक्रियामा गएको छैन । अनुगमनको जिम्मेवारी पाएको जिल्ला प्रशासन कार्यालय मोरङले तत्कालको लागि आवश्यक परेर हतार गरिएको भएपनि कोभिडको सङ्क्रमण कम हुँदै जाँदा निर्माणको कामले गति नलिएको जनाएको छ ।

अब निर्माण पूरा भएकोले हस्तान्तरण प्रक्रियामा जाने तयारीमा रहेको मोरङका सूचना अधिकारी महेशराज तिम्सिनाले जानकारी दिए । ‘अहिले निर्माण भएको होल्डिङ सेन्टर अस्पतालको संरचना सहितको हो,’ उनले भने, ‘यसको उपयोगिता कोभिडसँग मात्र जोडिएको छैन, बहुउपयोगी भएकोले त्यही अनुसारको प्रयोग हुने हो ।’

यस्तो बनेको छ
निर्माण कम्पनीले काम पूरा भएर हस्तान्तरणको तयारीमा रहेको जनाएको छ । निर्माणको ठेक्का पाएको हनुमान कन्स्ट्रक्सनका साइड इन्चार्ज माधव घिमिरेले काम पुरा भएपनि माथिबाट नै हस्तान्तरणको काम रोकिएको बताए । ठेक्का सम्झौताअनुसार गर्नु पर्ने हस्पिटलको २२ वटा भवनको काम सकिएको छ ।

२२ वटा भवन मध्ये २ वटा भवनलाई डाक्टर रुमको रूपमा निर्माण भएको छ । निर्माण कम्पनीले सम्झौता अनुसार १५ वटा डाईनिङ र एड्मीन किचेन तयार पारेको छ । ट्वाइलेट भवन २२ वटा गरी ठेक्का सम्झौता अनुसार ५९ वटा भवनको निर्माण पूरा गरेर त्यहाँ भित्रको एक हजार बेड, आइडी स्टेण्ड एक हजार, मेडिकल किड्स राख्ने टुल्स १ हजार, घेराबारा र खानेपानी सहित सबै निर्माणको काम सकिएको साइड इन्चार्ज घिमिरे बताउँछन् ।

ठेकेदार कम्पनीले २१ र २२ नम्बर भवनमा ५०।५० वटा गरी १०० वटा अक्सिजन बेड निर्माण गरेको छ । अक्सिजन बेडको लागि चाहिने अक्सिजन प्लान्ट पनि अहिले निर्माणको अन्तिम चरणमा रहेको छ ।

सञ्चालन कार्यविधि समस्या
होल्डिङ सेन्टर निर्माण सेनाको जिम्मामा छ त्यो निर्माण पुरा भएपछि नेपाली सेनाले आफ्नो दायित्वमा लिने र त्यसपछि कसलाई हस्तान्तरण गर्ने भन्ने स्पष्ट छैन । तर पनि तत्कालीन सिसिएमसीको बैठकले प्रदेशले सञ्चालन गर्ने भन्ने निर्णय गरेको सुरक्षा निकाय बताउँछ ।

होल्डिङ सेन्टर कोभिड केन्द्रित निर्माण भएको हो । भारतबाट नेपाल प्रवेश गर्ने नेपाली नागरिकलाई त्यहाँ होल्डिङ गर्ने, सङ्क्रमित भएको अवस्थामा आइसोलेट गर्ने, उपचार गराउने, सम्बन्धित जिल्लामा पठाउने भनेर बनाइएको हो ।

नजिकबाट समन्वयको काम गर्दै आएका मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले अझै निर्माण भएको संरचना हस्तान्तरण भईनसकेको बताए । ‘प्रमुख जिल्ला अधिकारीले यसको व्यवस्थापन गर्ने भनिएको छैन,’ उनले भने, ‘यसको व्यवस्थापकीय काम स्थानीय तह, प्रदेश र केन्द्रीय सरकारको प्रतिनिधित्व सहितको सञ्चालन कार्यविधि बनाइनुपर्छ ।’

कोभिडको पहिलो र दोस्रो भेरियन्टसँगै तेस्रो भेरियन्टको लागि भनेर तयार भएको सेन्टर निर्माण पुरा भएरपनि सञ्चालनमा आएको छैन । ‘थर्ड भेरियन्टमा पुग्दा करिब ३ सय बेड तयारी अवस्थामा राखिएको थियो,’ उनले भने, ‘तयारी राखिएपनि त्यहाँ लग्नु पर्ने खालको अवस्था आएन त्यसपछि निरन्तर निर्माण हुँदै गयो ।’

अहिले २० जना नेपाली सेनाले निर्माणका अवधिमा सुरक्षा दिएको भएपनि अब निर्माण पुरा गरेपछि सुरक्षा कसले दिने भन्नेसमेत निर्णय भएको छैन । सञ्चालन मोडालिटी बनाएको छैन । १ हजार बेडको होल्डिङ सेन्टर कोभिडको महामारीसँगै विपद्, अन्य प्रकारका महामारीको उपचारको लागि प्रयोग गर्न सकिने सरकारी अधिकारीहरू बताउँछन् ।

लागू औषधको दुर्व्यसनीहरूलाई पनि होल्ड गरेर कान्सिलिङ र प्रशिक्षण केन्द्रको रूपमा पनि प्रयोग गर्न सकिने गरी निर्माण भएको छ । निर्माणको अन्तिम चरणमा रहेको सेन्टर सञ्चालन र व्यवस्थापनको दायित्व प्रदेश सरकारले लिएर एकै ठाउँमा एक हजारको व्यवस्थापन गर्ने यति महत्त्वपूर्ण संरचनालाई सदुपयोग गर्नु तीनै तहको सरकारको दायित्व हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४