Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मेयर बालेनकाे पहिलाे नीति तथा कार्यक्रम : यस्ता छन् प्राथमिकता


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, असार ५ २०७९
  • 8.7K
    SHARES

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । आइतबार महानगरको आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम प्रस्तुत गरेको हो ।

मेयर बालेन (बालेन्द्र) शाहले आफ्नो पहिलो नीति तथा कार्यक्रमका रूपमा निम्न कार्यक्रमहरूलाई प्राथमिकता दिएका छन्:

सबै विद्यालयहरूमा कक्षा १ देखि कक्षा ८ सम्म स्थानीय नेपाल भाषाको पाठ्यक्रम अनुरूप पठनपाठन गर्ने कार्यलाई निरन्तरता दिइनेछ ।

सामुदायिक विद्यालयहरूको विद्यालय परिसर सुधार कार्यक्रम सञ्चालन गरिने । यस अन्तर्गत शौचालय निर्माण र स्तरोन्नति, निःशुल्क सेनेटरी प्याडको सुविधा, पिउने पानीको प्रबन्ध र विद्यार्थीका लागि लकरको व्यवस्था गरिनेछ ।

वडास्तरीय सामुदायिक सिकाई केन्द्रमार्फत अनौपचारिक शिक्षा र सिप विकास प्रवर्द्धन गर्ने कार्यक्रमहरू सञ्चालन गर्ने नीति लिइनेछ ।

महानगरपालिकामा कर तिरेका करदाताहरूको स्वास्थ्य बिमा गर्न आवश्यक प्रबन्ध मिलाइनेछ । बिमा शुल्कको बढीमा ५० प्रतिशत अनुदान उपलब्ध गराइनेछ ।

महानगरपालिका क्षेत्रभित्र स्थायी बसोबास गर्ने विपन्न नागरिकहरूको लागि अस्पतालमा निःशुल्क बेडको प्रबन्ध मिलाइनेछ, एकीकृत एम्बुलेन्स सेवा सञ्चालनको व्यवस्था मिलाइनेछ ।

एक वर्षभित्रमा महानगरक्षेत्रभित्र रहेका सडक, ढल, खानेपानी पाइपलाइन, सडक बत्ती, टेलिफोन लगायतका सबै भौतिक पूर्वाधारहरूको डिजिटल प्रोफाइल तयार गरी एकीकृत विवरण सङ्कलन गरिनेछ , बिग्रेका ढल, बाटो थप क्षति हुन नदिन तथा तत्काल मर्मत सम्भारका लागि आवश्यक उपकरण, निर्माण सामग्री र जनशक्ति सहितको हाल सञ्चालनमा रहेको पूर्वाधार एम्बुलेन्स सेवालाई विस्तार गरी निरन्तरता दिइनेछ ।

फुटपाथको स्तरोन्नति, सस्टपहरुमा यात्रीहरूको विश्रामका लागि परम्परागत शैलीको फल्चा, सार्वजनिक शैचालायहरुलाई स्तरोन्नति गरी अपाङ्गता तथा लैङ्गिक मैत्री बनाइने, महानगर उज्यालो कार्यक्रमलाई निरन्तरता ।

महानगरक्षेत्र भित्रका डबलीहरूको पुनर्स्थापना र एम्पी थिएटर निर्माण गरिने ।

प्राचीन सभ्यताको धरोहरको रूपमा रहेको हाँडी गाउँ क्षेत्रमा आगामी आर्थिक वर्षमा सम्पदा पुनरुद्धार गर्दै होमस्टे सञ्चालनको व्यवस्था मिलाइनेछ ।

नेवाः समुदायमा प्रचलनमा रहेको स्थानीय पेय पदार्थलाई आवश्यक कानुनी प्रक्रिया पुरा गरी अन्तर्राष्ट्रिय गर्न पहल गरिने, विभिन्न जात्रा, पर्वहरूलाई अन्तराष्ट्रियस्तरमा परिचित गराई पर्यटन प्रवर्द्धन गरिने

फोहरलाई पुनः प्रयोग र प्रशोधन गर्न श्रोतमा नै वर्गीकरण गर्ने व्यवस्था मिलाइने, फोहर बस्तुको सङ्कलन, ढुवानी, प्रशोधन, पुनः प्रयोग तथा सोबाट ऊर्जा उत्पादनका लागि काठमाडौँ महानगरपालिका लगायत अन्य स्थानीय तहका उपयुक्त स्थानहरूमा Waste to Energy Plant जडान गर्ने ।

सार्वजनिक जग्गाहरूको अतिक्रमण हटाई पार्क निर्माण गरिनेछ । हरेक महिनाको पहिलो आइतबार जनतासँग मेयर कार्यक्रम , महानगर ई लाइब्रेरी स्थापना गरी सञ्चालनमा ल्याइने छ ।

महानगरपालिकाद्वारा प्रवाह गर्ने सेवालाई क्रमशः होम डेलिभरी सरकारको अवधारणा अनुरूप बिस्तार गर्दै लगिने ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रियकरण खेलकुद क्लबहरूसँगको सहकार्यमा लिग प्रतियोगिताहरू आयोजना गरिने, ई स्पोर्ट प्रवर्द्धनका लागि निश्चित स्थानमा आवश्यक संरचना निर्माण गरी अन्तराष्ट्रियस्तरको प्रतियोगिता आयोजना गरिने ।

महानगरपालिका क्षेत्रभित्रका डिपार्टमेन्टल स्टोर, सपिङ मल, मार्टहरूमा स्थानीय उत्पादन र अर्ग्यानिक खाद्य बस्तु बिक्री वितरणका लागि निश्चित स्थान उपलब्ध गराउन आवश्यक समन्वय गरिने

७० वर्ष नाघेका वरिष्ठ ज्येष्ठ नागरिकहरूको घरमा गई स्वास्थ्य परीक्षण गर्ने व्यवस्था मिलाइनेछ ।

पाङ्गमैत्री एटिएम मेशिन समेत सञ्चालन गर्न आवश्यक समन्वय गरिने ।

आफ्नै मार्ट (केएमसी मार्ट) निर्माण गरी सञ्चालनमा ल्याउन आवश्यक व्यवस्था मिलाइने ।

सार्वजनिक यातायातलाई प्रभावकारी बनाउन एक छुट्टै कम्पनी स्थापना गरी उपत्यका भित्रका सबै सार्वजनिक यातायातलाई एउटै छातामुनि सञ्चालन हुने गरी व्यवस्थापन गर्न आवश्यक पहल गरिने ।

फुटपाथमा पसल राख्ने कार्यलाई निषेध गर्न आवश्यक प्रबन्ध मिलाउने ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४