Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

विमानस्थलको ‘भिआइपी कक्ष’ प्रयोग गर्न यी कलाकारले पाउने छन्


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, असार ४ २०७९
  • 3.2K
    SHARES

काठमाडाैँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेका पहलमा नेपालका ४० जना कलाकारले विमानस्थलको भिआइपी(भिआइपी) कक्ष प्रयोग गर्न पाउने भएका छन् ।

चलचित्र विकास बोर्डले उपलब्ध गराएको विशिष्ट श्रेणीको परिचयपत्रका आधारमा उनीहरूले भिआइपी कक्ष प्रयोग गर्न पाउने छन् । बोर्डले जारी गरेको उक्त परिचयपत्रका आधारमा विमानस्थल कार्यालयले विदेश जाँदा तथा फर्किंदा विशिष्ट श्रेणीका कलाकारलाई भिआइपी कक्ष प्रयोग गर्न दिइने जनाइएको छ ।

विशिष्ट श्रेणीको कलाकारको परिचयपत्र प्राप्त गर्नेमा हरिवंश आचार्यदेखि राजेश हमाल, नीर शाह, शिव श्रेष्ठ, मिथिला शर्मा, राजेन्द्र खड्गी, अशोक शर्मा, शम्भुजित बाँस्कोटालगायत छन् । बोर्डको पत्राचारलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्रालयले सदर गर्दै गृह मन्त्रालयलाई पत्राचार गरेको छ ।

वि.सं २०७३ मा बोर्डले विशिष्ट श्रेणीको कलाकारको परिचयपत्रका लागि आवेदन दिन आग्रह गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४