Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गेटा मेडिकल कलेज छिट्टै सञ्चालनमा ल्याउन प्रधानमन्त्री देउवाको प्रतिबद्धता


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, असार ४ २०७९
  • 2.5K
    SHARES

धनगढी । प्रधानमन्त्री शेरबहादुर देउवाले गेटा मेडिकल कलेजलाई छिट्टै सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाएका छन् ।

शनिबार धनगढी उपमहानगरपालिकाको नवनिर्मित प्रशासकीय भवन उदघाटन गर्दै देउवाले मेडिकल कलेजलाई प्रतिष्ठानको रूपमा सञ्चालन गर्न विद्येयक ल्याउने तयारीमा सरकार रहेको बताएका हुन् ।

देउवाले आफ्नो स्कुले जीवन स्मरण गर्दै सुदूरपश्चिममा विकासले फड्को मार्दै गएकोसमेत उल्लेख गरेका छन् । ‘म डोटीको उचाकोट माध्यमिक विद्यालयबाट एसएलसी दिएर हिँडेर तीन दिनमा धनगढी पुगेको थिएँ । यहाँबाट भारतको मैलानी, लखनउ हुँदै रक्सौलको बाटो भएर काठमाडौं गएको पुगेको थिए । अहिले हेर्नुस कति सुविधा भएको छ’ देउवाले भने, डे टु डे धनगढी-काठमाडौं प्लेन चलेका छन् । छिट्टै पुगिन्छ खासै समस्या छैन ।’

तत्कालीन समयमा कर्णाली नदीमा पुल नभएकाले हिँडेर जानुपर्ने अवस्थाको स्मरण गर्दै उनले पुल बनेपछि  सुदूरपश्चिम राष्ट्रिय मुलधारमा जोडिएको बताउँदै यहाँको  विकासका लागि आफ्नो प्रयत्न जारी रहने जनाए ।

उनले स्थानीय र प्रदेश सरकारले जनताहरुलाई छिटो छरितो सेवा दिनुपर्नेमा समेत जोड दिएका छन् । ‘प्रदेशमा कर्मचारी आउनै मान्दैनन्, उनीहरू आउने माहोल बनाउनुस्,’ देउवाले भने ।

कार्यक्रममा मुख्यमन्त्री त्रिलोचन भट्ट, आन्तरिक मामिला तथा कानुनमन्त्री रणबहादुर रावल, धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल, उपमेयर कन्दकला रानालगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४