Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

जहाँ बन्दैछन् २५ रूखमा फरक-फरक घर (तस्बिरहरू) सात करोड लागत लाग्ने अनुमान


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, असार ४ २०७९
  • 5K
    SHARES

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा दिनानुदिन दिन बजारीकरण बढ्दो छ । बढ्दै गइरहेको बजारीकरणका कारण वातावरणमा समेत अस्तव्यस्त पारको छ । खुला जमिनहरू बिस्तारै मासिँदै गएका छन् । खेतभरी नयाँनयाँ घरहरू बनिरहेका छन् ।

पछिल्लो समय कोलाहलयुक्त वातावरणीय प्रदूषण यत्रतत्र छाएको छ । दैनिक थकान मेट्न र प्रकृतिसँग रमाउन वीरेन्द्रनगर बाहिर जानु पर्ने स्थिति बनेको छ । युवा पीढी हुन या बुढापाकाको रोजाई प्राकृतिक सौन्दर्यताले भरिपूर्ण ठाउँ पर्न गर्दछन् ।

प्रकृति एउटा यस्तो अनुपम ठाउँ हो । जसले शारीरिक तथा मानसिक थकानलाई छिन भरमा शान्त पारिदिन्छ । मनोरञ्जनका कृत्रिम ठाउँहरू निर्माण गर्ने होडबाजी नै चलेका बेला वीरेन्द्रनगर–४, सहिद पार्क नजिक भने एक फरक खालको विशेषतासहित ट्री हाउसको निर्माण भइरहेको छ ।

करिब सात करोड लगानी लाग्ने अनुमान गरिएको ‘काँक्रेविहार फन पार्क एण्ड ट्रि हाउस’ निर्माण हुन लागेको हो । प्राकृतिक सौन्दर्यतालाई नबिग्रने गरी डुम्री लगायत जातका रुखमा फलामे छडका सहायताले रुख अनुकूल घर निर्माण भइरहेका छन् ।

विभिन्न फरक डिजाइनमा तयार हुने ट्री हाउसको सङ्ख्या २५ रहने छन् । बगैँचा, फोटो सेसनका लागि संरचना, मनोरञ्जन स्थल पिङ्ग, स्वीमिङ्ग पुल तथा पार्कका वालमा कर्णाली झल्काउने प्रमुख ऐतिहासिक पर्यटकीय स्थलहरूको थ्री डि पेन्ट राखिने छ, भने पार्कमा लजिग फुडिङ्गका लागि एटेजसहितका कोठाको व्यवस्थासमेत रहने छ ।

वीरेन्द्रनगरको मुख्य बजारदेखि उत्तर दिशातर्फ उक्त ठाउँमा सहिद पार्क रहेको छ । पैदलयात्रीलाई करिब आधा घण्टा र सवारी साधानमा १० मिनेटमा उक्त स्थान पुग्न सकिन्छन् । कर्णाली प्रदेश प्राप्तिका लागि आन्दोलनमा सहिद भएका व्यक्तिहरूको सम्झनामा कर्णाली प्रदेश सरकारले सहिद पार्कको स्थापना गरेको हो ।

‘काँक्रेविहार फन पार्क एण्ड ट्रि हाउस’का सञ्चालक कर्णबहादुर सुस्लिङले विगत भविष्यमा उक्त सहिद पार्कमाथि हुँदै काँक्रेविहार फन पार्कसम्म जिपलाईनसमेत निर्माण गर्ने योजना बनाएको बताए । सञ्चालक सुस्लिङल भने, ‘अचेल प्रदेश सरकारले बनाएको सहिद पार्कमा आन्तरिक पर्यटकहरूको भिड लाग्ने गर्दछन् । त्यहाँ आउने पर्यटनहरू सहिद पार्कबाट यहाँसम्म जिपलाईन भयो भने आउन सजिलो हुने भएकाले र धेरै दैनिक जसो धेरै पर्यटक आउने भएकाले यो सोच बनाएको छु ।’

पर्यटकहरूलाई जसले सहिद पार्क अवलोकनमा थप सहजता हुने पार्क सञ्चालक सुस्लिङको भनाई रहेको छ । सुस्लिङले इन्डोनेसियामा निर्माण गरिएका जङ्गली प्राकृतिक पार्कबाट प्रभावित भएर त्यस्तै खालको डिजाइन सुर्खेतमा निर्माण थालेका हुन् ।

१५ वर्ष युएई प्रहरीमा जागिर खाएका उनले नेपालमै केही गर्नु पर्छ भन्ने लागेपछि ट्रि हाउस सञ्चालन गर्ने योजना बनाएको बताए । ट्री हाउस सञ्चालनमा आए प्रत्यक्ष अप्रत्यक्ष रूपमा करिब ३० जनाले रोजगारी प्राप्त गर्ने उनको भनाई रहेको छ । हाल पार्क निर्माणको काम करिब २५ प्रतिशत मात्रै सकिएको छ । भने निर्माण सम्पन्न हुन करिब १ वर्ष लाग्ने सञ्चालकको अनुमान रहेको छ भने हालसम्म एउटा घर बनेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४